कथा कुलतको...कथा कुलतको...

  • कथा कुलतको...
  • कथा कुलतको...
  • कथा कुलतको...
  • कथा कुलतको...
  • कथा कुलतको...
  • कथा कुलतको...

कथा कुलतको…

17 August, 2019 12:50 |पत्रपत्रिका | comments | 9750 Views

    शोभा खतिवडा

    शोभा खतिवडा‘दिज्यू ! दिज्यू ! चिन्नुभो नि मलाई ? ’‘म सविता क्या !’ मैले राम्ररी नियाल्न नभ्याउँदै उनैले आफूलाई चिनाइन्। उनीसँग ८ वर्षयता भेट भएको थिएन।

    adsads

    साथी झैं घनिष्ट ती बहिनी मेरोछेउमा एकदमै अत्तालिएको र चिच्याएकै जस्तो स्वरमा आइपुगिन्। पहिला यदाकदा भेट हुन्थ्यो। तर, सधैं भेट भएका र सँगै बसेका साथी झैं गफ र सरसल्लाह गर्थ्यौं।

    उनी राम्रो परिवारकी सदस्य हुन्। चार दाजुभाइको परिवारकी जेठी, बाठी, पढेकी बुहारी। निकै सुन्दरी भएकाले ‘जोगाउन मुस्किल ठानेर’ १७ वर्षकै उमेरमा बुवाआमाले बिहे गरिदिए। बिहेपछि पढाइ रोकिएन। विदेशमा उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्केकी उनी यता राम्रो अफिसमा जागिर खान्थिन्। पति पनि निकै राम्रो अफिसमा जागिर खान्थे। परिवार राम्रो चलेको थियो। अभाव केही थिएन। त्यसैबीचमा उनीहरूका तीन सन्तान भए, दुई छोरा र एक छोरी।

    सबै दाजुभाइको अवस्था राम्रो थियो। देउरानी–जेठानी एउटै आमाका छोरी झैं मिलेका थिए। दाजुभाइबीच उस्तै सुमधुर सम्बन्ध थियो। ती खुसीका क्षणहरू उनी हाम्रो हरेक भेटमा सगौरव सुनाउँथिन्। म पनि चाख मानेर सुन्ने गर्थें। पूर्वजन्ममा पुण्य गरेर यस्तो परिवार मिलेको सुनाउँदै उनी दंग पर्थिन्।

    सुख सुविधामा हुर्किए पनि पढाइमा तीनैजना सन्तान अब्बल थिए। राजधानीका महँगा स्कुलमा पढ्थे। फुर्सद मिल्यो कि कतै न कतै घुम्न जाने त्यो परिवारका सदस्य आमा–बुवा र हजुरआमा हजुरबुवाका साथ साँच्चै डाहलाग्दो जीवन बाँचेका थिए। ठूलो कम्पाउन्डभित्र बनेका पाँचवटा घरमा बुवा–आमा र चार छोरा–बुहारी बस्थे। अलिकति पर तीनजना फुपू एकै ठाउँमा घर किनेर लस्करै बसेका थिए। सबैको मेलमिलाप र सद्भाव देख्दा लाग्थ्यो, यस्तो पनि कसरी सम्भव होला र ? तर, थियो त्यस्तै।

    पहिला अलि लामो भेट भएन। एक दिन उनी ‘सानो ट्रिट दिने’ भन्दै मलाई भेट्न स्कुलमै आइछन्। म र स्कुलका अन्य शिक्षिका साथीहरू सबैसित भनिन्, ‘दिदीहरू, म त अमेरिका जाने भएँ।’ हामीले सानोतिनो उपहार दियौं र मनले नचाही–नचाही बिदा गर्‍यौं। गएपछि मनमा कहिलेकाहीं त सम्झनामा आइन्। म्यासेन्जरमा हुने गफ पनि क्रमशः पातलिए। मैले सोचें, ‘काम र पढाइको व्यस्तताले होला।’ साँच्चै हो पनि रहेछ। पति बेलाबेला जाने, भेट्ने र आउने गर्दा रहेछन्। त्यसबीच के–के भयो, हामीलाई चासो नै भएन। आठ वर्षपछि उनी इन्जिनियरिङ सकेकी छोरीको बिहे गराउने, पति र दुई छोरा लिएर जाने भनेर आएकी रहिछन्।

     

    अभिभावकले विदेश गएर पैसा कमाउने कल्पनामा डुब्नुभन्दा बालबालिकाको हेरचाह, शिक्षादीक्षा र उन्नति–प्रगतितिर लाग्नुपर्छ।

    हजुरबुवा, हजुरआमा बितिसकेका थिए। बुवाआमा बुहारीबिनाको घर दिक्क मान्दै नातिनातिनी हेरेरै बस्छौं र छोरालाई साथी हुन्छ भनेर त्यहीं बसेछन्। नातिनातिना के–के गर्छन्, कता जान्छन् थाहै पाएनन्। यसो सोध्यो, ‘पढाइले राति ढिलो हुन्छ भन्दा रहेछन्। पत्याउँदै, बस्दै गरेछन्। ती बहिनीका पति, काममा अति व्यस्त। उनी त्यसै ढिला आउने। छोरा–छोरीसँग भेटै कम हुने गर्दो रहेछ।

    त्यही अभिभावकत्वको अभावमा तीनैजना छोरा–छोरी भस्मासुर रोग लागूऔषधको कुलतमा विस्तारै फसिसकेछन्। बुवाले धेरैपछि थाहा त पाए, तर रोक्न सकेनन्। समय घर्किसकेछ। चिन्ता हुन्छ भनेर उनले बुवाआमा र पत्नीलाई सुनाउने हिम्मत गरेनछन्। बरु केही नलागेपछि पत्नीलाई हतास भएर बोलाएका रहेछन्। ‘छोरीको बिहे गरौं, अनि हामी उतै जाऔं’ भनेर। त्यो त बोलाउने बहाना रहेछ। तर, त्यस्तो कहाँ हुन्थ्यो ? बढेकी छोरी कसको–कसको बच्चाकी आमा बन्न लागेकी, ड्रग्सले पत्तै छैन। छोराहरू पनि त्यही लतमा चुर्लुम्म भइसकेका रहेछन्। अचम्म, पढाइ भने जारी र अब्बल नै।

    उनी आएको धेरै दिन रोएर आफैंलाई धिक्कारेर मलाई भेट्न आएकी रहिछन्। ‘दिदी, सकिए मेरा हरेक चाहना, सकियो मेरो खुसी, रहर अनि मैले प्राप्त गरेको यति ठूलो डिग्री पनि अब काम नलाग्ने भयो। हजुरले त्यतिबेला भन्दा मलाई कति रिस उठेको थियो। यसलाई डाहा पो लाग्या हो कि भन्ने पनि सोचें। मास्टरहरूको बुद्धि हुँदैन रहेछ कि जस्तो पनि लाग्यो’, उनले आँसुमिश्रित बिलौना गरिन्। म किंकर्तव्यविमूढ बनेर उभिएँ।

    बालबच्चा छाडेर विदेश गएर ठूलो भूल गरें भन्दै उनी धरधरी रोइन्। तर, समय सच्याउन नसक्ने गरी बिग्रिएको थियो। मैले सहानुभूतिपूर्ण सान्त्वनाबाहेक केही दिन सकिनँ। अझ भन्नुपर्दा राम्ररी सम्झाउनसम्म सकिनँ। धेरै बेर रोएर गइन् तिनी बहिनी।

    नेपालमा लागूऔषधको कुलत बढ्दो छ। युवा पुस्ताको दक्ष जमातसमेत यसमा फस्दै गएको छ। अभिभावकत्वको अभाव यसको मूल कारण हो। अर्कोतिर विदेशको सपनाले हामीलाई सबैथोक बिर्साएको छ। विदेश जान पाए के–के न हुन्थ्यो भन्ने धेरैलाई भान पर्ने गरेको छ। बालबच्चा छाडेर जाँदा यस्तै दुर्घटना हुन सक्छ। खराब संगतमा परे भने देख्ने, रोक्ने कोही हुँदैन। कसैलाई विदेश बाध्यता हुन सक्छ, भिन्नै कुरा। तर, जीवन बाँच्न सोचेर कदम चाल्नुपर्छ। बालबालिकालाई कुलत र कुसंगतबाट जोगाउन अभिभावक सचेत हुनुपर्छ। त्यस्तो शिक्षा र सन्देश दिन सक्नुपर्छ।

    हेरौं, भविष्यमा सम्झाएर/सुधारेर त्यो बहिनीको परिवारको हाँसो फर्काउन सकिन्छ कि ? तर, यो घटना धेरैलाई शिक्षा बनोस् भनेर यहाँ लेख्ने जमर्को गरेकी हुँ। आखिर त्यो पढाइको के औचित्य जुन परिवारलाई कामै लाग्दैन ? अनि, जुन खुसीले अरूलाई सुख र खुसी दिन सक्दैन भने ? त्यो धनको के अर्थ, जुन सदुपयोग हुन सक्दैन भने ?

    कथा कुलतको...

    त्यसैले पैसाभन्दा पहिला परिवार हेरौं। बालबच्चाको हेरचाह, शिक्षा–दीक्षा र उन्नति–प्रगतिमा ध्यान दिऔं। भोलिका कर्णधारलाई बिग्रन नदिऔं। यसका लागि मुख्य अभिभारा अभिभावकै हो।

    –लेखक शिक्षक हुन्।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    ‘लागुऔषधको कुलतमा फस्नै दिनु हुन्न’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कथा कुलतको...

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    फेसबुक

    ओलम्पिकमा ‘कृत्रिम हिउँ वर्षा’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!