कप्तान खड्का र प्रशिक्षक टमटा भन्छन्- क्यान निलम्बन हटाउन सरकार तात्नुपर्यो

2 May, 2019 18:16 | खेल | comments | 11550 Views

तीन वर्षदेखि आईसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान)को विवाद समाधान गरी फुकुवा गर्न सरकारले आईसीसीसंग छलफल गर्नुपर्ने नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमटाले माग गर्नुभएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको युएईबिरुद्धको ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई युवा तथा खेलकूद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा कप्तान खड्काले क्यानको विवाद अन्त्य गर्न आईसीसीसँग छलफल गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

adsads

अहिले नेपाली क्रिकेटले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको र यसबीचमा सीमित खेलहरु मात्र खेलेका कारण अगाडि बढ्न समसया भएको भन्दै कप्तान पारसले क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेकाले र धेरै कुरा गुमाइसकेको बताउनुभयो ।

कप्तान खड्काको भनाइ थियो मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट आईसीसीसँग कुरा गरेर निलम्बन फुकुवा गर्नुपर्‍यो । हाम्रो एकदिवसीय मान्यतालाई टिकाई राख्न क्यान आउनुपर्छ । हामीले अझ धेरै माथि पुग्नुछ ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा क्यान नभएकै कारण नेपालले म्याच खेल्न नपाएको बताउँदै अब अर्को खेल खेल्न आईसीसीमा प्रपोजल हाल्नुपर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ क्यान भएको भए आफ्नै किसिमले खेल तालिका बनाउन सकिन्थ्यो । नेपालसंग एकदिवसीय र टी २० सिरिज खेलेको यूएईले अर्को सिरिज खेलिसक्यो नेपालले कहिले कोसंग खेल्ने पत्तो छैन । यसमा आईसीसीकै निर्भर पर्नुपर्छ ।

तर कार्यक्रममा सम्बोधन गरेका मन्त्री जगतबहादुर विश्वकर्माले भने त्यसबारे केही नबोले पनि राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने छलफल भइरहेको जानकारी दिनुभयो । तिम्सिनाले यो विषयमा प्रधानमन्त्रीज्यूबाट पनि चासो राख्नु भएको र चाडै सबै पक्षसंग बसेर छलफल गर्ने बताउनुभयो ।

नेपालले जित्यो एकदिवसीय शृङखला, कप्तान खड्काले हाने शतक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More