करोडको रक्सीले नुहाउने अचम्मकी महिला !

15 August, 2019 17:34 | बिचित्र | comments | 69750 Views

पाकिस्तान मुलकी बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको शौख सम्बन्धि केही प्रसङ्ग बाहिरिएको छ । सुन्दा यो कमैलाई पत्यार नलाग्न सक्छ ।

उनी नुहाउनका लागि मात्र प्रत्येक दिन २०–३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ ।

  

यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०/२२ जना काम गर्ने मान्छे राखेकी छिन् । जसको खर्च दुई करोड भन्दा बढि छ । उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन् ।

उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट छ । वार्षिक ६ लाख चस्मा र ३२ लाख रुपैयाँ जुत्तामा खर्च गर्छिन् । यतिमात्र होइन, एक रात बिताउनको लागि पेरिसको सबैभन्दा ठूलो होटेल सुट इम्पेरियल जान्छिन् र त्यहाँ ३५ लाख खर्च गर्छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More