कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी, ११ मध्ये नौ वडामा विजयी

21 September, 2017 00:13 | स्थानीय तह निर्वाचन | comments | 196800 Views

प्रदेश नं. २ को स्थानीय तहमा नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा खाता खोलेको छ । सो नगरपालिकामा माओवादीले ११ मध्ये ९ वडामा विजय हाँसिल गरेको छ ।

मेयर र उपमेयरमा गंगा पासवान र ज्ञानुकुमारी श्रेष्ठ विजयी हुनुभएको हो । पासवान ४ हजार ३०९ मत र श्रैष्ठले ४ हजार ३१३ मतसहित विजयी हुनुभएको हो ।

  

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाउनुभयो ।

कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।

सिरहामा १८ वटा वडाको मतपरिणाम, माओवादी केन्द्र अगाडि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More