प्रकाश ज्वालाप्रकाश ज्वाला

  • प्रकाश ज्वाला
  • प्रकाश ज्वाला
  • प्रकाश ज्वाला
  • प्रकाश ज्वाला
  • प्रकाश ज्वाला
  • प्रकाश ज्वाला

कर्णालीका व्यवसायीलाई कर शिक्षाको आवश्यकता : मन्त्री ज्वाला

21 June, 2019 00:00 |कर्णाली प्रदेश , प्रदेश | comments | 17250 Views

    प्रकाश ज्वाला

    कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर शिक्षाको अभावले कर्णालीका व्यवसायीले ठूलो धनराशी जरिवाना तिर्नु परिरहेको बताउनुभएको छ । ‘तपस्या बिजनेश म्यानेजमेन्ट प्रालि’को शाखा कार्यालयको बिहिबार यहाँ उद्घाटन गर्दै उहाँले व्यवसायीका लागि कर तथा लेखापरीक्षणसम्बन्धी शिक्षाको आवश्यकता औँंल्याउनुभयो ।

    adsads

    मन्त्री ज्वालाले दुर्गम क्षेत्रका व्यवसायीले कर तथा लेखापरीक्षण बारे जानकारी नपाउँदा अनावश्यक जरिवाना तिर्नु परिरहेको बताउनुभयो । “कर तथा लेखापरीक्षणसम्बन्धी जनचेतना फैलाउन प्रदेश सरकार व्यवसायीसँग हातेमालो गर्न तयार छ, मुलुकको समृद्धिका लागि निजी क्षेत्र र सरकार दुवैको प्रयास जरुरी छ”, उहाँले भन्नुभयो, “कर्णालीमा राजश्व सङ्कलनको अवस्था नाजुक छ, तत्काल ठूला उद्योग सञ्चालन सम्भव नभए पनि साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन बढाउन आवश्यक छ ।” उहाँले सल्यानका व्यवसायीलाई सुर्खेतमै कर तिर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री ज्वालाले कर्णालीको आगामी आर्थिक वर्षको बजेटले जनताका आधारभूत आवश्यकता पूरा गर्नुका साथै उत्तर–दक्षिण नाका जोड्ने कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुर्खेत–कोहलपुर सडकलाई चार लेनको बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको छ । सुर्खेत–हिल्सा जोड्ने सडक प्रदेश सरकारले कुनै विदेशी सरकार वा दातृ निकायसँगको सहयोगमा निर्माण गर्ने योजना बनाएको छ ।”

    कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले व्यवसायीलाई कर तथा लेखापरीक्षणको ज्ञानको कमी रहेकाले प्रदेश सरकारलाई कर शिक्षाका कार्यक्रम सञ्चालनका लागि महासङ्घसँग सहकार्य गर्न आग्रह गर्नुभयो । कर्णालीमा लगानीका थुपै्र सम्भावना भए पनि लगानीमैत्री वातावरणको अभाव रहेको उहाँको भनाइ थियो । अध्यक्ष शाहीले प्रदेश सरकारले हालै ल्याएको आगामी वर्षको बजेटले निजी क्षेत्रको योगदान र सहभागितालाई सकारात्मक रुपले सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । प्रालिका प्रमुख कार्यकारी अधिकृत केशव बोहराले व्यवसायीले दैनिक लेखा प्रशासन तथा वार्षिक लेखापरीक्षणलाई चुस्त राख्न सके व्यावसायिक क्षति कम हुने बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रकाश ज्वाला

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!