‘कर्णाली प्रदेशवासीले सहयोगको याचना गर्नुपर्दैन’

15 October, 2018 09:54 | कर्णाली प्रदेश , प्रदेश | comments | 27900 Views

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जल, जमीन, पर्यटन र जडीबुटीको खानी भएको प्रदेशवासीले आगामी दिनमा सहयोगको याचना गर्न नपर्ने बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा धेरै सम्भावना भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता कर्णालीमा लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो ।

adsads

बजेटको अख्तियारी नहुँदा, जनशक्ति अभाव हुँदा र अनुभवीको जनशक्ति अभावका कारण प्रदेश सरकार सञ्चालनमा अप्ठ्यारो भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले आइपर्ने समस्याको सम्बोधन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सांसदले मागेको रातो किताब तयार पारिसकेको र सांसदको सेवा सुविधाबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख सचिव रामप्रसाद थपलियाले अहिलेसम्म २७ पटक मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिँदै प्रदेश सरकारले विभिन्न राम्रा निर्णय गर्न सफल भएको जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म ५५ कानूनी बुँदा तयार भएको उल्लेख गर्दै कर्मचारीका अभावले गर्दा काम गर्न कठिनाइ आएको उल्लेख गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!