कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

22 April, 2018 09:27 | प्रदेश ५ | comments | 217050 Views

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । बैठकले यसका साथै तीन वटा विधेयक तर्जुमाका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि प्रवक्ता केसीले बताउनुभयो ।

  

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलस्रोत उपयोग विधेयक, २०७५ को मस्यौदा र प्रदेश सडक बोर्ड विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि मन्त्री केसीले बताउनुभयो । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वैशाख १० गते संसद्मा प्रस्तुत गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक – मुख्यमन्त्री राई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More