कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई
  • कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

5 May, 2019 11:30 | खेल | comments | 6150 Views

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले शनिबार हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पर्यो ।

adsads

वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग शनिबार सम्पन्न भएको हो ।उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन÷तीन विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले ।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले रु ५० हजार पुरस्कार प्राप्त गर्नुभयो । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाए ।

खेलाडीहरुलाई एक समारोहकाबीच नेपाल एथ्लेक्टिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पुरस्कार प्रदान गरेका थिए।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे । ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।

आठौँ राष्ट्रिय खेलकूद : त्रिभुवन आर्मीको अग्रता कायमै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More