‘कलंक’ फ्लप भएपछि आफ्नो ‘बर्थ डे’ को प्लानिङ नगरेका वरुण

1 May, 2019 16:42 | कला/मनोरन्जन | comments | 28800 Views

त्यो समय जतिबेला चलचित्र कलंक बन्दै भन्दा सबै दर्शक सो चलचित्र हेनै आतुर थिए । चलचित्रको छायांकनसंगै चलचित्रको चर्चाले शिखर नै चुमेको थियो ।

adsads

जब फिल्म हलमा लाग्यो तब कथा नराम्रो भएको भन्दै दर्शकले फिल्मलाई भुईमा पछारिदिए । यसै कुरालाई लिएर मेकर्सदेखि स्टारकास्टसम्म फिल्मको असफलतालाई लिएर निकै दुःखी छन् । दुःखी भए त्यो असफलता हुँदा जो पनि दुःखी हुन्छ तर अभिनेता वरुण धवनले फिल्म फ्लप भएपछि आफ्नो बर्थडेको प्लानिङ समेत गरेका थिएनन् । तर, उनका साथीले उनको बर्थडे खास बनाए । बर्थडे सेलिब्रेट गरेपछि वरुणले एक भिडियोमार्फत् ‘कलंक’ को असफलताको बारेमा आफ्नो भनाई राखेका छन् । उनले आफूले सोचेजस्तो फिल्म नचलेका कारण निकै दुःखी भएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘केही दिन अगाडि मेरो ३२ औं बर्थडे थियो, तर मेरो हालै रिलिज भएको फिल्म राम्रो नचलेपछि म निकै निराश भएको थिएँ । साँच्चै भन्नुपर्दा यसबाट म निकै दुःखी भएको छु । हुनत, असफलता पनि जिन्दगीको एक हिस्सा हो । म आफ्नो बर्थडे मनाउने सोचमा थिइनँ । यद्यपि, साथीहरुले मेरो बर्थडे खास बनाइदिए ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!