कलाकारहरुलाई अंकुश लगाउने मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

11 June, 2019 19:09 | कला/मनोरन्जन , कलिउड | comments | 17250 Views

वरिष्ठ चलचित्रकर्मी, पत्रकार तथा अभियन्ता मोहन निरौलाले सरकारले तयार गरेको मिडिया काउन्सिल विधेयकले कलाकारहरुको हक, हित र स्वतन्त्रता हनन गरेको आरोप लगाउनुभएको छ ।

परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष समेत रहनुभएका निरौलाले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारले प्रतिनिधिसभामा दर्ता गराएको नेपाल मिडिया काउन्सिल विधेयकमा उल्लेखित केही शब्दावलीका कारण कलाकारहरु स्तब्ध बन्न पुगेको बताउनु भएको छ ।

adsads

परिवर्तन नेपालका तर्फबाट जारी विज्ञप्तिमा निरौलाले मिडिया काउन्सिल बिधेयकमा चलचित्र, वृत्तचित्र, लघुचलचित्रलाई समेत मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०७६ को दफा २ को उपदफा (छ) मा ‘विद्युतीय प्रशारण तथा अनलाईन पत्रकारिता’ को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने प्रवधान राखिएकाले सो कार्य स्वीकार्य नहुने बताइएको छ ।

विधेयकमा टेलिभिजनबाट प्रशारित हुने धारावाहिक श्रृङ्खलाहरु समेतको नियमन हुने तथा त्यस्ता टेलिचलचित्रमा व्यक्त अभिव्यक्तिका विरुद्धमा समेत नेपाल मिडिया काउन्सिलमा उजुरी दर्ता भई कलाकारमाथि दण्ड जरिवना हुनसक्ने प्रावधान समेत राखिएको छ ।

सयौं नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै चलचित्र, लघुचलचित्र, वृत्तिचित्र, धारावाहिक टेलिचलचित्रमार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य विपरीत यसलाई दोहोरो नियमन गर्ने गरी कानुन बनाउन लागिएकोमा विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपालले जोडदार माग गरेको छ ।

पत्रकारहरुलाई दण्ड जरिवाना गर्ने विधेयक आएको भन्दै पत्रकारहरु सडकमा उत्रिएका बेला विधेयकमा कलाकारहरुलाई पनि अंकुश लगाउने प्रावधानले नेपाली कलाकारहरुको प्रतिभा नै संकुचनमा पार्ने देखिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ :-

परिवर्तन नेपाल सधैं नेपालमा कलाकारिता क्षेत्रको विकास, समृद्धि र पेशागत स्वतन्त्रताको पक्षमा उभिदै आएको सर्व्विदितै छ । सयौं नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै चलचित्र, लघुचलचित्र, वृत्तिचित्र, धारावाहिक टेलिचलचित्रमार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य जगजाहेर नै छ । मिडिया काउन्सिल बिधेयकमा चलचित्र, वृत्तचित्र, लघुचलचित्रलाई समेत मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण छ ।

हालै मात्र संसदमा पेश भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ २०७६ को दफा २ को उपदफा (छ) मा ‘विधुतीय प्रशारण तथा अनलाईन पत्रकारिता’ को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने कार्य स्वीकार्य हुन सक्दैन ।
चलचित्र, वृत्तचित्र र लघुचलचित्र समेतको दोहोरो नियमन गर्ने गरी ल्याउन लागिएको नेपाल मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपाल जोडदार माग गर्दछ । साथै नेपाल मिडिया काउन्सिलले टेलिभिजनबाट प्रशारित हुने धारावाहिक श्रृङ्खलाहरु समेतको नियमन हुने तथा त्यस्ता टेलिचलचित्रमा व्यक्त अभिव्यक्तिका विरुद्धमा समेत नेपाल मिडिया काउन्सिलमा उजुरी दर्ता भई कलाकारमाथि दण्ड जरिवना हुनसक्ने देखिएको छ ।

मोहन निरौला
केन्द्रिय अध्यक्ष
परिवर्तन नेपाल, पुतलिसडक, काठमाडौं ।

भ्रष्टाचारीलाई गोली ठोक्नुपर्छ भन्दा भूमिगत नभएको भए मार्थे (भिडियो कुराकानी)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

फेसबुक

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!