कलाकार एवं गायक रत्न बानियाँको उपचार खर्च जुटाउन जापानमा अभियान

7 November, 2019 11:11 | जापान | comments | 19050 Views

पुराना गायक एवं कलाकार रत्न बानियाँको उपचारका लागि जापानमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । दुवै मिर्गौला फेल भएर अस्पतालको शैंयामा रहेका बानियाँको आर्थिक अभावका काण समस्या उत्पन्न भएपछि जापानमा रहेका नेपाली समुदाय वाट आर्थिक संकलनको अभियान चलाइएको हो ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान जापान शाखाले यस अभियानको संयोजन गरेको छ । शाखाका अध्यक्ष सुर्य खड्काले यस्तो आपत विपत सवैलाई पर्नसक्ने भन्दै सवैमा यथासक्दो सहयोग गरिदिनु अनुरोध गरेका छन् ।

  

कर्णप्रिय गीतहरु लडाईको लाहुरे, जिन्दगी के छ र ?, पानमा सुपारी, मुटु जलाई जलाई जस्ता सयौ गीत गाएका अग्रज गायक सर्जक कलाकार बानियाँको उपचार गराउँदा गराउँदा आर्थिक अवस्था नाजुक भैसकेको छ ।

आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले खड्का सूर्यबहादुर नामको १०००००००५४९३१ खातामा जम्मा गर्न सकिने वताइएको छ । जापानमा नेपालीहरुबीच इन्टरनेट मार्फत सामाजिक संजालमा गायक तथा सर्जक रत्न बाँनिया सहयोग अभियान नामको ग्रुप संचालन गरी आर्थिक सहयोग संकलनलाई तीव्रता दिइएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More