कल बाइपासमा कैद भुक्तानीपछि पुन सोही अपराधमा

11 August, 2019 22:03 | जन सरोकार | comments | 8850 Views

भनिन्छ कुनै अपराध गरेर त्यसको सजाय भुक्तान गरेपछि उसको जीवनचर्या बदलिन्छ भनिए पनि कतिपयमा भने त्यो मान्यता लागू हुँदैन । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानूनी कार्यमा सङ्लग्न भएको पाइएको छ ।

adsads

चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौँको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ कल बाइपास गरेको आरोपमा विसं २०७२ मा समेत पक्राउ परेका थिए । अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो ।

तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानूनी धन्दामा लागेको फेला परेको हो । गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद लिई तामााङबारे अनुसन्धान थालिएको सिआइबीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने ११० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरुसँग रु १२ अर्ब बिगो मागदाबीसमेत गरेको छ ।

कल बाइपास गर्ने उपकरणसहित एक भारतीय नागरिक पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्थमन्त्री डा युवराज खतिवडा

फेसबुक

अर्थमन्त्री डा युवराज खतिवडा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!