कश्मिरबारे पाकिस्तानी विदेश मन्त्रीको परराष्ट्रमन्त्री ज्ञवालीलाई टेलिफोन

24 August, 2019 00:38 |राजनीति | comments | 11100 Views

    यही अगस्ट ५ मा भारतले संविधानको धारा ३७० खारेज गरी काश्मिरको स्वायत्तता हटाएर केन्द्र मातहत ल्याएपछि त्यहाँको स्थिति तनावपूर्ण छ । छिमेकी मुलुकका नाताले नेपालले अहिलेसम्म केही नबोलेको भए पनि शुक्रबार पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग कुराकानी गरेका छन् ।

    adsads

    पाकिस्तानी विदेश मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कुरेसीले दुई साताअघि भारत सरकारले जम्मु कस्मिरबारे लिएको निर्णयको जानकारी दिएका थिए । यद्यपि कुरेसीसँगको टेलिफोन कुराकानीबारे परराष्ट्र मन्त्रालय र मन्त्री ज्ञवालीको सचिवालयले कुनै सूचना सार्वजनिक गरेको छैन ।

    कुरेसीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका हैसियत नेपालले क्षेत्रीय शान्ति र स्थायित्वमा भूमिका खेल्न र कस्मिरका जनतालाई पीडाबाट बाहिर ल्याउन भारतलाई मनाउन जोड दिंदै जम्मु कस्मिरमा भइरहेको मानवअधिकारको हनन् र त्यहाँका नागरिकले १७ दिनदेखि भोगिरहेको पीडाबारे पनि कुरेसीले ज्ञवालीलाई बताएका थिए ।

    कुराकानीका क्रममा जम्मु कस्मिरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० खारेज गरी जम्मु कस्मिरको राज्यको हैसियत हटाउने भारतको निर्णय एकपक्षीय र गैरकानुनी भएको कुरेसीको बताएका थिए । उनले भारतले चालेको कदमले क्षेत्रीय शान्ति सुरक्षामा खलल पुग्नेमा जोड दिएका थिए।

    जवाफ परराष्ट्र मन्त्री ज्ञवालीले आफूहरूले कस्मिरको अवस्थालाई सुक्ष्म ढंगले नियालिरहेको र सबै विवादको समाधान वार्ताबाट गर्नुपर्छ भनिरहेको बताएका थिए । त्यसतै दुई मन्त्रीबीच क्षेत्रीय शान्ति र स्थायित्वका लागि नियमित सम्पर्कमा रहिरहने सहमति पनि भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

    काश्मिरमा शान्ति कायम गर्न भारत र पाकिस्तानलाई आग्रह

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोप फ्रान्सिस

    फेसबुक

    पोप फ्रान्सिस

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!