चित्रबहादुर केसी चित्रबहादुर केसी

  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी
  • चित्रबहादुर केसी

कश्मीरमा भारतले ज्यादती गर्यो भन्दै चित्रबहादुरले पठाए राष्टसंघका महासचिवलाई पत्र

19 August, 2019 21:31 | राजनीति | comments | 23700 Views

चित्रबहादुर केसी

गत साता भारतले काश्मिरको स्वायत्तता सम्बन्धी संविधानको धारा खारेज गरी केन्द्र अन्तर्गत आएको घोषणा गरेपछि सो क्षेत्रमा व्यापक तनाव छ । यस विषयमा नेपाल सरकार र कुनै पनि राजनीतिक दलले आफ्नो मुख नखोलिरहेका बेला राष्ट्रिय जनमोर्चाले जम्मू कश्मीरमा भारतको कदमको बिरोध गरेको छ ।

adsads

चित्रबहादुर केसी नेतृत्वको जनमोर्चाले काश्मीरका जनताको आत्मनिर्णयको अधिकारको सुनिश्चितता गर्न माग गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसलाई पत्र पठाएको छ ।

राष्ट्रसंघका आवसीय संयोजक कार्यालय काठमाडौंमार्फत ज्ञापन पत्र पठाउँदै जनमोर्चाले संविधानअन्तर्गत कायम भएको विशेष संवैधानिक अवस्था खारेज गर्ने कदम जम्मु कश्मीरका जनतामाथिको विश्वासघात भन्दै भारतीय ज्यादती रोक्न र कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सुनिश्चित गर्न आग्रह राष्ट्रसंघको ध्यानाकर्षण गराएको छ ।

सन् १९४८ को अप्रिल २१ मा पारित संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको ४७ नं को प्रस्तावले काश्मीरका जनतालाई जनमत संग्रहद्वारा भारत वा पाकिस्तानमा मिल्ने अधिकार प्रदान गरेको स्मरण गर्दै जनमोर्चाले भारत र पाकिस्तानको कारणले त्यो पाउन नसकेको र अब राष्ट्रसंघले सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

जनमोर्चाले भारत सरकारद्वारा जम्मु कश्मीरको विषेश अधिकारलाई समाप्त गर्ने वा सयुंक्त राष्ट्रसंघको सुरक्षा परिषदको ४७ नं को प्रस्तावद्वारा त्यहाँका जनतालाई स्वीकृत जनमत सङ्ग्रहको अधिकार प्रयोग हुन नसक्नु भन्दा कैयौँ गुणा बढी गम्भीर रहेको समेत ठहर गरेको छ ।

महासचिव गुटेर्रेसलाई ज्ञापन पत्र पठाउन अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, महासविच जनकराज शर्मा, कोषाध्यक्ष ओमबहादुर केसी, सचिव हिमलाल पुरी, केन्द्रीय सदस्यद्वय मनोज भट्ट, घनश्याम न्यौपानेको प्रतिनिधिमण्डल राष्ट्रसंघका आवसीय संयोजक कार्यालय पुगेको थियो।

चिनियाँ र पाकिस्तानी सेनाको कश्मीरमा संयुक्त गस्तीले भारत तनावमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चित्रबहादुर केसी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More