कसले लुकायो लिम्पियाधुराको जनगणना र मतदाता नामावलीको लगत

14 November, 2019 14:32 |जन सरोकार | comments | 7200 Views

    भारतले आफ्नो राजनीतिक नक्सामा पश्चिम नेपालको लिम्पियाधुरा क्षेत्र गाभेपछि अहिले चरम विवाद उत्पन्न भएको छ । भारतले सो भूभाग आफ्नै भएको दावी गरिरहँदा नेपालमा तथ्यहरुका आधारमा नेपाली भूमि अतिक्रमण भएको दावी भैरहेको छ ।

    adsads

    सो क्षेत्रमा २०१८ सालमा राष्ट्रिय जनगणनामा जोनल अफिसरका रुपमा खटिनुभएका वरिष्ठ पत्रकार भैरव रिसालले सो क्षेत्रमा जनगणना गरेको बताउँदै त्यसको लगत खोज्नुपर्ने बताउनुभएको छ । त्यतिबेला जनगणना हुँदा लगभग १५ सय जति जनसंख्या भएको अनुमान गर्नुभएका रिसालले अहिले यस्तो विवाद हुन्छ भन्ने थाहा पाएको भए आफूले लगतको प्रति राख्ने थिए तर अहिले छैन भन्नुभएको छ ।

    डोटी, बैतडी डडेल्ध्रा क्षेत्रको जनगणनाको नेतृत्व गर्नुभएका रिसालले सो क्षेत्र नेपालको भएर नै जनगणना गरिएको मात्र हैन २०१५ सालको संसदको निर्वाचन र २०१९ सालमा राष्ट्रिय पंचायतको निर्वाचन तथा गाउँपंचायतको निर्वाचनमा समेत सो क्षेत्रका जनताले मत दिएको बताउनुभएको छ ।

    अहिले लिम्प्यिाधुरा आफ्नो क्षेत्र भनेर भारतले दावी गरिरहँदा नेपालले तथ्य र प्रमाणहरु खोज्नुपर्ने उहाँले बताउनुभएको छ । भारतले नक्सामा सो क्षेत्र गाभेपछि आफू तथ्यांक विभाग, पुरातत्व विभाग तथा अभिलेखालयमा गएर खोज्दा पनि ती दस्तावेज नभेटिएको गुनासो गर्नुभएका रिसालले मतदाता नामावलीसम्म भेटिए पनि भारतलाई उत्तर दिन सजिलो हुने बताउनुभएको छ ।

    रिसालका अनुसार अतिक्रमित क्षेत्र कुन हो भन्नेमै नेपालीहरु जानकार नभएको समेत उहाँले बताउनुभएको छ । हरेक नेपालीको मुखमा कालापानी भन्ने गरिए पनि खासमा अतिक्रमित क्षेत्र लिम्प्यिाधुरा हो । लिम्पियाधुरा क्षेत्र अन्तर्गत कालापानी र लिपुलेक पर्दछ । कालापानी मात्रै भन्यो भने एउटा क्षेत्रमा सीमित हुन्छ । त्यसैले लिम्पियाधुरा क्षेत्रमा भएको जनगणना तथा मतदाता नामावलीमा त्यतिबेला समावेश सूची खोज्नुपर्ने सुझाव दिनुभएको छ ।

    राष्ट्रिय महत्वको यति गम्भीर दस्तावेज समेत खोज्दा फेला नपर्नु आफैंमा विडम्बनापूर्ण हो । तथ्यांक विभाग, पुरातत्व र अभिलेखालयमा ती दस्तावेज हुनुपर्ने र गम्भीर भएर खोज्नुपर्ने पत्रकार रिसालको सुझाव छ ।

    अहिले सो क्षेत्रमा नेपालीहरुलाई भारतीय सेनाले प्रवेश निषेध गरेको छ । तर त्यतिबेला सो भूमि नेपालको निर्विवाद भएका कारण कुनै डर नभएको उहाँले सुनाउनुभएको छ । १९६२ मा चीनसंग युद्ध भएपछि भारतले सो क्षेत्रमा अतिक्रमण गरी आफ्नो सेना राखेको हो । त्यसपछि मात्रै सो क्षेत्रमा नेपालीलाई आफ्ने भूमि जान डरमर्दो छ ।

    सामरिक दृष्टिले अति महत्वपूर्ण सो क्षेत्रमा समयदेखि नै नेपालले सुरक्षाकर्मी राखेको भए अतिक्रमित नहुने बताउँदै पत्रकार रिसालले भौगोलिक विकटताका कारण नेपालले सुरक्षाकर्मीको बन्दोबस्ती गर्न नसकेकै कारण यो समस्या उत्पन्न भएको पनि बताउनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More