“कसैको नाम मिलेकै आधारमा स्वीस बैंकमा पैसा छ भन्न मिल्दैन”

22 August, 2019 21:03 | अर्थ | comments | 33600 Views

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाको बिहिबारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा एउटा गम्भीर प्रश्नको हल्का र बेजिम्मेवार टिप्पणी गर्नुभएको छ । उहाँले स्वीस बैंकमा विभिन्न व्यक्तिको नाममा रहेको ५३ अर्ब रुपैयाँका विषयमा उठेको प्रश्नमा कसैको नाम मिलेकै भरमा पैसा छ भन्न नमिल्ने उत्तर दिनुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबाट गैरकानूनी रुपमा स्विस बैंकमा जम्मा भएको देखिएको रु ५३ अर्बबारे के कारवाही हुँदैछ, कहिलेसम्म कारवाही पूरा हुन्छ भनी राख्नुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले कसैको नाम मिलेकै आधारमा विदेशमा पैसा छ भन्न नसकिने बताउनुभएको हो ।

  

विदेशी बैंकमा रहेका खाताको खोजी भइरहेको बताउँदै मन्त्री खतिवडाले राजश्व सचिवको संयोजकत्वमा समिति गठन गरी प्रहरी पनि परिचालन गरिएको जानकारी दिनुभयो । नेपाल ट्रष्टले खोजी गर्दा तत्कालीन राजपरिवारका सदस्यको सानातिना रकम फेला परेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट त्यसरी पैसा राख्नेको सूची खोजी भइरहेकाले कानून कार्यान्वयन गराउने मन्त्री खतिवडाको प्रतिबद्धता थियो ।

सांसद रामबहादुर विष्टले विदेशी बैंकमा राखिएका पैसा फिर्ता ल्याउने बारेमा राख्नुभएको जिज्ञासामा राजश्व प्रशासनमा मूलबाटै सुधार गर्न लागिएको बताउनुभयो । सांसद प्रेम सुवालले कहाँ कहाँसम्म तलबाट उठाइएको पैसा पुग्छ भनी जिज्ञासा राख्नुभएको थियो । भ्रष्टाचार सम्बन्धी कानूनलाई संशोधन गरेर माथिबाटै अनियमितता अन्त्य गर्न सकिने मन्त्री खतिवडाको भनाइ थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More