नेता नारायणकाजी श्रेष्ठ नेता नारायणकाजी श्रेष्ठ

  • नेता नारायणकाजी श्रेष्ठ
  • नेता नारायणकाजी श्रेष्ठ
  • नेता नारायणकाजी श्रेष्ठ
  • नेता नारायणकाजी श्रेष्ठ
  • नेता नारायणकाजी श्रेष्ठ

कसैले गर्ने विरोधलाई अन्यथा लिनु हुँदैन : नेता श्रेष्ठ

18 September, 2019 17:25 | राजनीति | comments | 10950 Views

नेता नारायणकाजी श्रेष्ठ

नागरिक अभियन्ताका रुपमा चर्चामा रहेका ज्ञानेन्द्र शाहीलाई सत्तारुढ नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले केही जिल्लामा प्रवेश निषेधको घोषणा गरेपछि चर्को आलोचना भैरहेका बेला सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताउनुभएको छ । “कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन, नेता श्रेष्ठले भन्नुभयो”, “यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।

ads ads

बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताउनुभयो । “कतिपय कुरा ठीक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्, उहाँले भन्नुभयो”, “हामीले ध्यान दिनुपर्ने कुरा ठीकै रहेछ भनेर लिने र बेठीक कुराहरु यो बेठीक हो भनेर जनतामा जानुपर्छ ।”

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारवाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेता नारायणकाजी श्रेष्ठ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More