कांग्रेसकांग्रेस

  • कांग्रेस
  • कांग्रेस
  • कांग्रेस
  • कांग्रेस
  • कांग्रेस
  • कांग्रेस

कांग्रेस र गुठीयारबीच छलफल- जारी आन्दोलनलाई समर्थन

16 June, 2019 10:21 |राजनीति | comments | 11400 Views

    कांग्रेस

    सरकारले ल्याएको गुठी विधेयकका बिरुद्ध भैरहेको आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन गरेको छ । शनिबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा संसदीय दलका नेता बालकृष्ण खाँणले सो जानकारी दिनुभएको हो ।

    adsads

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सरकारले ल्याएको गुठी विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको भन्दै कांग्रेसले गुठीसँग सम्बन्धित विज्ञसँग छलफल गरेको हो ।

    बैठकका सहभागीहरुले सरकारले ल्याएको विधेयक संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल भएको ठहर गरेका थिए । छलफलमा विज्ञ, गुठीयार प्रतिनिधि र सरोकारवालारुको उपस्थिति थियो ।

    कांग्रेसले गुठी विधेयकलाई तुरुन्त फिर्ता लिन गर्दै विधेयक फिर्ता गराउन गुठीयारहरु र यस सँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई कांग्रेस संसदीय दलले समर्थन गरेको छ भने संसदमा शसक्त ढंगले दवाव दिने बताएको छ ।

    गुठी विधेयक फिर्ता गर्न सत्ता र विपक्षी सांसदहरुको एकै स्वर

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कांग्रेस

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!