काउली बुढी अभिनित तीज गीत “अब आउनेलाई..” सार्वजनिक (भिडियो)

8 September, 2018 18:45 | तीज विषेश भिडियोहरु , प्रबास | comments | 36900 Views

तारा प्रसाद सापकोटाको मौलिक तीज गीत सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा युरोपेली मुलुक फिन्ल्यान्डमा रहेका सापकोटाले तीजको पुर्व सन्ध्यामा “अब आउनेलाई..” बोलको गीत सार्वजनिक गरेका हुन् ।

“बोल माया” बोलको गीत गाएर चर्चाको चुलिमा रहेकी गायिका शान्ती श्री परियार र गायक माधव खड्काको आवाज रहेको उक्त गीतको शब्द तथा संगित सापकोटाको रहेको छ । नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गुल्मी मुसिकोटका सापकोटाले आफ्नो पहिलो तिज कोसेली सार्वजनिक गरेका हुन् ।

  

यस नयाँ तीज गीतमा छोटो समयमा नेपाली समाजमा आएको सामाजिक, आर्थिक परिवर्तन र त्यससँगै जोडिएका विविध पक्षहरूलाई व्यङ्ग्यात्मक रुपमा गीतमा प्रस्तुत गरिएको छ । ओबिजी ईण्टरटेन्मेण्टको प्रस्तुती रहेको उक्त गीत शुक्रबार बेलुका ओबिजी ईण्टरटेन्मेण्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पछिल्लो समय काउली बुढीको रुपमा चिनिएकी सन्ध्या बुढा, ओबी रायमाझी र टिका जैसीको अभिनयमा गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । बिक्रम चौहानद्वारा निर्देशीत उक्त गीतमा भिडियोको सम्पादन भने मिलन बिकले गरेका छन् ।

भिडियो:-

मेलिना राईको तीज गीत अहिले तिजैमा सार्वजनिक (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More