सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानीसुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
  • सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दुई दिन बिराएर पानी वितरण गर्ने

23 September, 2019 09:35 |जन सरोकार | comments | 3000 Views

    सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

    adsads

    महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताउनुभयो ।

    उहाँका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उहाँले सेवाग्राहीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ ।”

    लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ । महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!