काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
काठमाडौं उपत्यका भूकम्पीय दृष्टिले जति जोखिममा छ त्यति नै जोखिम मानवीय कारणबाट पनि छ । साँघुरा सडक, गगनचुम्बी भवन अनि आगलागी जस्ता घटना नियन्त्रणमा लिन सोही अनुसारका दमकलको अभाव । गत सोमबार रविभवनमा यस्तै भयो । अपार्टमेन्टमा आगो लागेपछि एकजनाको जलेर मृत्यु भयो भने तत्काल आगो निभाउन र उद्धार गर्न प्राविधिक समस्या देखियो ।
रवीभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा सोमबार दिउँसो आगलागी भएपछि अपार्टमेन्टभित्र रहेकाहरु बाहिर निस्कन प्रयास गरे । तर, असफल भएपछि उद्धारकर्ता नै तलबाट आगो निभाउँदै अपमार्टमेन्टहरु भित्र पुग्नुपर्यो ।

प्रहरीले अपार्टमेन्टभित्रबाट अत्तालिएको अवस्थामा २३ जनालाई उद्धार गर्यो । अपार्टमेन्टको तेस्रो तलाको ढोकासँगैको बिजुलीको वायरिङ सर्ट भएपछि चौधौं तलासम्मको ढोकाहरुमा आगो सल्किएको थियो । त्यसका कारण कोही पनि मूल ढोका खोलेर नियमित भर्याङबाट तल झर्न सक्ने अवस्था थिएन । सुरक्षाका लागि बनाउनुपर्ने संरचना बनेको थिएन ।
करिब डेढ वर्षअघिबाट मात्रै यो अपार्टमेन्टमा बसोबास सुरु भएको थियो । अझै एउटा टावर (ब्लक)को निर्माण सकिएको छैन । अपार्टमेन्टमा बसोबास गर्नेहरुले वायरिङमा लापरवाही भएको र कमजोर गुणस्तरको विद्युतीय सामग्री प्रयोग गरेको आशंका गरेका छन् ।
भूकम्पपछि मात्रै यो अपार्टमेन्ट बन्ने क्रम तीव्र भए पनि यसमा आकस्मिक भर्याङ राख्न लगाउन कुनै सरकारी निकायले जोड नगरेको देखिएको छ । उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग सबैले यो अपार्टमेन्ट नियम विपरीत निर्माण भएपनि आँखा चिम्लिएका छन् ।
यो अपार्टमेन्टले अझै निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएको छैन । तर, २८० वटा अपार्टमेन्ट लगभग बिक्री भइसकेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि भवन निर्माण आचारसंहिता बदलियो, तर बनाउनेहरुको संस्कार बदलिएको छैन । एकथरि नक्सा पास गरेर अर्कोथरि बनाउने क्रम व्यक्तिगत घर मात्र हैन ठूलाठूला मल र अपार्टमेन्टहरुमा पनि छ ।
हेर्नुहोस् यो भिडियो
तपाईंको प्रतिकृया
ताजा समाचार
- दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
- यौन दुव्र्यवहारको आरोप लागेका भारतका एक मन्त्रीद्वारा राजीनामा
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


