काठमाडौंको रात्रिजीवन लम्ब्याउन रात्रिबस सेवा संचालन

10 June, 2019 14:15 | जन सरोकार | comments | 16350 Views

सरकारले काठमाडौं उपत्यकामा रात्रि बससेवा पुनः संचालन गर्ने भएको छ । रात्रिजीवन फस्टाउँदै गएको काठमाडौंमा ट्याक्सीहरुको मनपरी तोड्न पनि यसो गर्न लागिएको बताइएको छ ।

adsads

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बेलुकीको समयमा जस्तोसुकै भीड भए पनि सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । बस छुटेका यात्रु ट्याक्सीको तेब्बर भाडाको आतंक र मोलमोलाइबाट प्रताडीत छन् ।

त्यसो त २०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो । राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै अनुदान पनि पचाए सेवा बन्द गरेका थिए ।

अहिले यातायात व्यवस्था विभागले रात्रि बस सेवा संचालनको प्रस्ताव गरेपछि झण्डै एक दर्जन यातायात कम्पनीले त्यसमा चासो दिएका छन् । यसका लागि सोमबार विभागले इच्छुक कम्पनीसँग छलफल गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् । राति १२ बजे पनि सजिलै बस चढेर यात्रा गर्न पाइने अवस्था भए रात्री जनजीविन अझै लम्बिने र त्यसले यातायातमा यात्रुको व्यवस्थापन पनि निकै सहज हुने उहाँको भनाइ छ ।

रात्री बस चलाउन योपटक सरकारले व्यवसायीलाई अतिरिक्त सहुलियत दिँदैछ । जसअनुसार रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइनेछ ।

व्यवसायीहरु साविकको भन्दा दोब्बर भाडा उठाउन दिइए राति १२ बजेसम्म बस चलाउन सकिने बताएका छन् । ५० प्रतिशत मात्रै बढी भाडा लिँदा फेरि केही समयपछि घाटा भएर बन्द गर्नुपर्ने अवस्था आउने उनीहरुको चिन्ता छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला हालको रुटमा कायम भएको भन्दा सय प्रतिशत बढी भाडा लिन दिनुपर्ने बताउनुहुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!