काठमाडौंको शान्तिनगरबाट नक्कली नोट सहित एकजना पक्राउ

2 August, 2020 00:39 | जन सरोकार | comments | 13950 Views

प्रहरीले काठमाडौं महानगरपालिका ३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित एकजनालाई पक्राउ गरेको छ । स्याङजा चापाकोट नगरपालिका ५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More