गगन थापागगन थापा

  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा

काठमाडौंबासी भन्दैछन् ‘भाजुला बेइमान खनी’ ज्वाइँहरु बेइमान परेछन्

17 June, 2019 02:44 |राजनीति | comments | 14550 Views

    गगन थापा

    – यादब देवकोटा

    सत्तारुढ नेकपाका धेरैजसो शीर्ष नेताहरुले भूमिगतकालमा आश्रय लिएका बखत उनीहरुको विवाह यहीका रैथाने नेवार समुदायका छोरीसंग भएको हो । यस हिसाबले उपत्यका सत्तारुढ दलका धेरै नेताको ससुराली भए पनि गुठी विधेयकका कारण आफ्नो धर्म, संस्कृति मासिन लागेको चिन्तामा रहेका उनीहरु ज्वाईहरु बेइमान परेछन् भन्न थालेको टिप्पणी सुरु भएको छ ।

    adsads

    आइतबार नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारले गुठी विधेयक ल्याएपछि काठमाडौंमा मानिसहरु ‘भाजुला बेइमान खनी’ ज्वाइँहरु बेइमान परेछन् भन्न थालेको टिप्पणी गर्दै त्यसलाई सच्याउन आग्रह गर्नुभएको छ ।  संसदमा विशेष समय लिएर बोल्दै थापाले सो टिप्पणी गर्नुभएको हो ।

    गुठी विधेयकमाथि सत्तापक्षका केही सांसदहरुले गरीब, भुमिहीन किसानलाई जग्गा दिन खोज्दा सामन्तहरुले बिरोध गरेको तर्क संसदमै गरेपछि सांसद थापाले त्यसको प्रतिवाद गर्दै गुठी जग्गा होइन, सम्पत्ति हुँदै होइन । इतिहास हो, सभ्यता हो । रैथाने सभ्यताको परिचायक भएको बताउनुभएको छ ।

    हो, उपत्यका बाहिरका केही गुठीमा समस्या छ र यसबारे बसेर छलफल गर्न सकिन्छ । तर, त्यसका लागि पनि विधेयक फिर्ता लिनुपर्छ । यदि यो विधेयक जस्तोको तस्तै पास भए किसानले नभई आसपासले पाउने भन्दै उनले भने, बुटवलको सुकुम्बासीले बालुवाटारको जग्गा पाउला किसानले केही पाउँदैन ।

    गुठी भनेको सामान्तवादी सोच हो भनेर हेय गर्ने हो भने मुठभेडतिर जाने भन्दै थापाले सरकारलाई सचेत गराउँदै थापाले विधेयक सच्याउँदा प्रधानमन्त्री र मन्त्रीको नाक जाँदैन । यदि यो विधेयक जस्ताको तस्तै पास गर्ने हो भने मठ मन्दिर मास्ने र आन्दोलन दबाउने कोष स्थापना गर्न सुझाव दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    गगन थापा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!