काठमाडौंमा बढ्दो कोरोना संक्रमण : सोमबार भेटिए ५४ जना

6 July, 2020 20:29 | जल/वातावरण/स्वास्थ्य | comments | 21750 Views

संघीय राजधानी काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलदै गएको पाइएको छ । दैनिकजसो संक्रमितको संख्या बढ्दै गएका बेला सोमबार उपत्यकाका तीन जिल्लामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशका विभिन्न स्थानमा १ सय ८० जनामा कोरोना संक्रमितत भेटिएका र त्यसमा काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

  

योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जाेनमा थपिएका हुन् । महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

असार २१ गते वाग्लुगकाे ढाेरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषकाे मृत्यु भएकाे छ । काेराेना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेकाे छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More