काठमाडौंमा भेटिए १ सय २ जना कोरोना संक्रमित, उपत्यका उच्च जोखिममा

6 August, 2020 11:23 | जल/वातावरण/स्वास्थ्य | comments | 23400 Views

९० वर्षीया वृद्धासंग कोरोना पराजित

काठमाडौंमा बुधबार साँझसम्म १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार दिउँसो दिइएको जानकारी अनुसार उपत्यकामा ६२ जना संक्रमित भनिएकामा साँझ ७ बजसम्म थप ४० जनामा संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार नयाँ थपिएका संक्रमितहरु अधिकांस प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् ।

  

यस्तै कतिपय संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु छन् । उनीहरूमध्ये अघिकांश काठमाडौं जिल्लामा बसोबास गर्नेहरु रहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न कोइरालाले काठमाडौंबासीलाई आग्रह गर्नुभएको छ ।

काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट आएकामा मात्र हैन कतै नगएकाहरुमा पनि कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ थपिएका ४० जनामा अधिकांश कन्ट्याक ट्रेसिङमा परेकाहरु रहनुले स्थिति जोखिमपूर्ण रहेको देखिन्छ । यद्यपि सरकारले आधिकारिक रुपमा थपिएका ४० जनाको पुष्टि भने गरिसकेको छैन ।

९० वर्षीया वृद्धासंग कोरोना पराजित

यसैबीच कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले कोरोनामाथि विजय प्राप्त गर्नुभएको छ । उहाँ अस्पताल भर्ना भएको दश दिनमै कोरोना सङ्क्रमण परास्त गरेर घर फर्कनुभएको छ ।

विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्कनुभएको हो । एउटै घरबाट चारजना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका परिवारका सासु र बुहारीले बुधबार कोरोना सङ्क्रमण परास्त गर्नुभएको हो ।

छोरा र नातिभन्दा अघि नै ९० वर्षीया ज्येष्ठ नागरिकले कोरोना परास्त गर्नुभएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले उहाँलाई अस्पताल पुगेर सम्मानसहित बिदाइ गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More