'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ

  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ
  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ
  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ
  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ
  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ
  • 'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ

‘काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ

5 June, 2019 13:40 | बिचार | comments | 23550 Views

मुरली रंजित

मुरली रंजितप्रकृतिले मानिसलाई नि:शुल्क प्रदान गरेको अति नै महत्त्वपूर्ण पदार्थ- हावा, पानी र जमिन हुन् । भौतिकवादी युगमा भौतिक प्रगति र विकास गर्ने क्रममा वातावरणीय विनाश पनि मानवीय कारणले नै हुँदै आइरहेको छ ।

adsads

फलस्वरुप पानी र जमिनको प्रदूषण तीव्र रूपमा भैराखेको छ । एक सेकेन्ड पनि प्रयोग नगरी बस्न नसकिने वायु प्रदूषण अत्यधिक रूपमा भइराखेको छ ।स्वच्छ वायुमा मानव शरीरलाई चाहिने अक्सिजनको मात्रा आवश्यकता अनुसार रहेको हुन्छ भने दूषित वायुमा अक्सिजनको मात्रा कम भई अरु ग्यासले हावामा ठाउँ पाउँछ, पाइरहेको छ । दूषित वायु हानिकारक ग्यास, दूषित पानीका कणहरू र जैविक पदार्थहरूको समिश्रणले बन्छ । मानिसलाई लाग्ने विभिन्न रोग विशेषत: श्वास-प्रश्वास सम्बन्धी रोगको मुख्य कारण नै प्रदूषित वायु हो ।

विश्व स्वास्थ्य संगठनको सन् २०१४ को एक अध्ययनले संसारभरि ७० लाख मानिसको मृत्यु प्रदूषित वायुको कारणले भएको थियो । संगठनका अनुसार स्वच्छ वायुमा ७८.०९ प्रतिशत नाइट्रोजन २०.९ प्रतिशत अक्सिजन, ०.९३ प्रतिशत आर्गन र ०.०४ प्रतिशत कार्बन डाइअक्साइड र धेरै कम मात्रामा अन्य ग्यास रहेको हुन्छ । हावामा केही मात्रामा पानीका कण पनि हुन्छन्, जुन समुद्र क्षेत्रमा १ प्रतिशत र अन्य स्थानमा ०.४ प्रतिशत हुन्छ ।

वातावरण दूषित बनाउनेमध्ये ग्रिन हाउस ग्यास महत्त्वपूर्ण हो । ग्रिन हाउस ग्यासमा अत्यधिक मात्रामा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रोजन, अक्साइड र आयोडिन पर्छ । अति नै दूषित वायुमा भने क्लोरिन, फ्लोराइड, मर्करी कम्पाउन्डको रूपमा पाइन्छ ।

हाइड्रोजन सल्फाइट, सल्फर डाइअक्साइड मिश्रणहरू बढी मात्रामा औद्योगिक क्षेत्रतिरको हावामा पाइने हुँदा मानव शरीरमा लाग्ने घातक रोग क्यान्सर लगायत श्वास-प्रश्वास सम्बन्धी रोगको मुख्य कारण अत्यधिक रूपमा दूषित वायु भएको पुष्टि भइसकेको छ । २०७५ सालसम्म देशभर २७,८३,४२८ सवारी साधन दर्ता भएका छन् । यातायात साधन नै वायु प्रदूषणको मुख्य स्रोत हो ।

काठमाडौं भित्रका धुलाम्मे सडकहरूले पनि वायु प्रदूषणमा बढी सहयोग गरिराखेको छ । उपत्यकाभित्र विभिन्न उद्योग कलकारखाना साथै इँटाभट्टाहरू वायु प्रदूषणका मुख्य सम्वाहक हुन् । फोहोरसँगै प्लाष्टिक बाल्ने प्रवृत्तिले पनि वायु प्रदूषणमा ठूलो भूमिका खेलेको छ ।

नेपालको वायु प्रदूषणको अवस्थालाई अन्य देशहरूको वायु प्रदूषणसँग तुलना गर्ने हो भने १८० देशमध्ये नेपाल १७७ औं स्थानमा पर्न आउँछ । सन् २०१२ को नेसनल एम्बियन्ट एयर क्वालिटी इन्डेक्स अनुसार काठमाडौं लगायत ठूला सहरी क्षेत्रको सालाखाला वायु प्रदूषण मापन पी.एम.१० को १२० माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो भने पी.एम. २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुई गुणा बढी थियो ।

काठमाडौंलगायत अन्य सहरी क्षेत्रमा आवश्यकता परिपूर्ति गर्ने नाममा विना योजना जथाभावी भौतिक संरचना निर्माण र सञ्चालन भइराखेका छन् । राजधानी सहर काठमाडौं एउटा ठूलो बटुकोको रूपमा रहेकाले यसको भौगोलिक स्वरूप पनि वायु प्रदूषणका लागि सहायक भएको देखिन्छ । काठमाडौं उपत्यकाको प्राकृतिक संरचनाले यसभित्र हुने वायु प्रदूषणलाई बाहिर जान दिँदैन । त्यसैले यहाँ हुने प्रदूषित वायु लामो समयसम्म उपत्यकाको विभिन्न उचाइमा रहन्छ ।

काठमाडौं महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र रहेका सबै स्थानीय तहले वायु प्रदूषण नियन्त्रणका लागि ठोस कदम तत्काल नचाल्ने हो भने काठमाडौं उपत्यका छिर्ने महत्त्वपूर्ण नाकाहरूमा ‘यदि तपाईं आज्मा, ब्रोङ्काइटिस र अन्य श्वास-प्रश्वास सम्बन्धी रोगबाट बच्न चाहनुहुन्छ भने कृपया काठमाडौं उपत्यकाभित्र नआउनुस्’ भन्ने सूचना बोर्डहरूमा लेखेर राख्नुपर्ने अवस्था निकट भविष्यमा नआउला भन्न सकिन्न ।

काठमाडौं लगायत अन्य ठूला सहरी क्षेत्रमा गर्मी मौसमभन्दा चिसो मौसममा बढी वायु प्रदूषित हुने गरेको छ । चिसो मौसममा वायुमा अत्यधिक पानीका कण रहने र ती पानीका कणमा प्रदूषित वायु टाँसिएर वातावरण दूषित हुनपुग्छ ।

यही गतिमा वायु प्रदूषण बढ्दै जाने र न्युनीकरणका लागि अहिलेको जस्तै शून्यताको अवस्था रहिरहने हो भने केही दशकपछि यसले उग्ररूप धारण गर्न सक्छ । हालै कतिपय विकसित राष्ट्रले वायु प्रदूषणबाट ग्रसित भई प्रभावकारी उपायसमेत अवलम्बन गरेकाले ती देशका ठूला सहरहरू वायु प्रदूषणबाट मुक्त हुने प्रयास गरिरहेका छन् ।

काठमाडौं लगायत सबै ठूला सहरी क्षेत्रमा भइराखेको उच्च जनसंख्या वृद्धिदर, अव्यवस्थित कलकारखाना, अस्तव्यस्त र धुलाम्मे सडक, फोहोर-मैलाको उचित संकलन र व्यवस्थापन हुन नसक्नु, पुराना यातायातका साधनहरूको प्रयोग आदि वायु प्रदूषणका मुख्य कारकतत्त्व हुन् ।

अत: यिनलाई व्यवस्थित गर्न सहरी क्षेत्र विशेषत: काठमाडौंमा मात्र थुप्रिने बढ्दो जनघनत्वलाई कम गर्न रित्तिएका गाउँमा मानिस पुन: फर्किने र त्यहाँ पुँजी भित्रिने वातावरण मिलाउनु आवश्यक भैसकेको छ । यसका लागि अन्य साना सहर तथा प्रदेश राजधानीहरूलाई सुविधा सम्पन्न बनाउन ढिला गर्नु हुँदैन ।

'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ

अव्यवस्थित कलकारखानालाई व्यवस्थित गरी कम प्रदूषण हुने संयन्त्रको स्थापना कार्यलाई प्रभावकारी ढङ्गले लागू गर्नुपर्छ । काठमाडौं लगायत देशभरिका विना योजनामा बनेका अस्तव्यस्त सडकहरू र पिच भइसकेका सडकहरूको मर्मत-सम्भार फाष्ट ट्रयाक पद्धतिबाट गर्नु आवश्यक छ । सहरी क्षेत्रमा जम्मा हुने फोहोर-मैला व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल्ड साइटको विकास गर्नु आवश्यक छ । सहरी क्षेत्रमा गुड्ने पुराना सवारी साधनहरूलाई प्रतिस्थापन गरी सवारी दर्ता नियन्त्रण र विद्युतीय सवारी साधनलाई प्रश्रय दिनु आवश्यक छ ।

लेखक नेसनल इन्स्टिच्युट अफ हेल्थ एन्ड इन्भारोन्मेन्टका अध्यक्ष हुन् ।
साभार – कान्तिपुरबाट

वर्षेनी आधा करोड मानिसको मृत्युको एउटा कारण वायु प्रदूषण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
'काठमाडौं नआउनू’ भन्ने बोर्ड राख्ने दिन आउन सक्छ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!