कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

7 September, 2019 09:50 | गण्डकी प्रदेश , प्रदेश | comments | 40200 Views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानून निर्माण गर्दा पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभएको छ ।स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि कानून निर्माणसम्बन्धी शुक्रबार पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री गुरुङले स्थानीय तहसमेत सङ्घ र प्रदेशजस्तै सरकारको रुप भएकाले विधि र प्रक्रियागत रुपमा कानून बन्नुपर्नेमा जोड दिनुभयो ।

“स्थानीय तहमा सम्बन्धित क्षेत्रका समिति बनाई त्यसलाई विधेयकका रुपमा कार्यपालिकाबाट पारित गराएर गाँउ या नगरसभामा लैजानु पर्छ, त्यहाँ लामो छलफलपछि पारित गरिनु पर्छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले बनाएका कानून सङ्घ र प्रदेशको कानूनसँग बाझिए स्वतः खारेज हुन्छन्, प्रदेश र सङ्घसँग बाझिने गरी कानून बनाउनु हुन्न ।”

  

सङ्घीय शासन प्रणालीका कारण स्थानीय तह र प्रदेशले पाएको अधिकारको सही सदुपयोग गरी प्रणालीको औचित्य पुष्टि गर्ने जिम्मेवारीसमेत जनप्रतिनिधिको भएको उहाँको भनाइ थियो । एकीकृत विकासको अवधारणाका आधारमा अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उच्च अदालत पोखराका प्रमुख न्यायाधीश यज्ञप्रसाद बस्याल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेलगायतले अहिलेसम्म सङ्घीयताका कारण प्राप्त उपलब्धिलाई स्थानीय तहले जनतासम्म पु¥याउन सक्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि आयोजना गरिएको उक्त तालीम चार दिनसम्म चल्नेछ ।

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More