कान्स फिल्म फेस्टिभलमा प्रियंकाले पाइन् नेपालबाट पहिलो अवसर

19 May, 2019 16:24 | कला/मनोरन्जन | comments | 15150 Views

विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् । नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् ।

adsads

यो नेपाल र नेपालीको लागि गर्वको कुरा हो । नेपाली फिल्म र संस्कृतिलाई विश्व माझ चिनाउने उनको प्रयासको कस्तो हुनेछ त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ । प्रियंका कान्सको चार वटा इभेन्टस्मा सहभागी हुनेछिन् । उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा सहभागी हुनेछिन् ।

नेपालकी चर्चित नायिकाले त्यहाँ नेपालकी सिवांगी प्रधानको डिजाइन लगाउनेछिन् । मे २० मा प्रियंकालाई कान्स फिल्म फेस्टिभलमा देख्न पाइनेछ । यसमा नेपालको तर्फबाट उनी पहिलो पटक सहभागी हुँदैछिन् । उनी आजै फ्रान्स उड्दैछिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!