विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

काभ्रेमा विप्लव नेतृत्व कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, चारजना पक्राउ

20 March, 2019 13:50 | राजनीति | comments | 33000 Views

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

काभ्रे रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीले जवाफी फायरिङ गरी चार व्यक्तिलाई गिरफ्तार गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरी टोलीलक्षित गोली प्रहार हुँदा जवाफी फायरिङ मात्रै गरिएको हो, मानवीय क्षति/हताहती केही भएको छैन ।”

  

जवाफी फायरिङपछि भाग्ने क्रममा माओवादीका चार कार्यकर्ता गिरफ्तार गरी प्रहरी टोली फर्किएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँका अनुसार गिरफ्तार गरिएका व्यक्तिको पहिचान खुलाइएको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले काफलडाँडाको स्थिति मङ्गलबार रातिदेखि नै सामान्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सो स्थानमा केही दिनदेखि गतिविधि बढेको पाइएपछि सुराकीका आधारमा महाशाखाबाट प्रहरी टोली गएको र चार जनालाई गिरफ्तार गरी फर्किएको हो, अहिले त्यहाँको स्थिति सामान्य छ ।”

प्रतिबन्ध लागेसंगै विप्लव नेकपाका केन्द्रीय नेतासहित १७ जना पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More