कामीरिताले आफ्नै रेकर्ड तोड्दै बने २३ औ पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति

15 May, 2019 15:10 | कर्पोरेट/पर्यटन | comments | 10950 Views

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गरेको आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले बुधबार २३ औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका हुन् ।

adsads

४९ वर्षीया शेर्पाले बुधबार बिहान ७ बजेर ५० मिनेटमा शेर्पा दक्षिणतिरबाट चुचुरोमा पुगेर २३ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बन्न सफल भए । यसअघि शेर्पाले २२ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका शेर्पाको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ ।

हिमाल आरोहण नेपालका शेर्पाहरुको पुख्र्यौली पेशा नै बनिसकेको छ । जसरी अन्य समुदायमा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ त्यसैगरी हिमाल चढ्ने कला, सिप र जाँगर शेर्पाको एक पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ ।त्यसैले त विश्वकै अग्लो शिखर सगरमाथामा थुप्रै कीर्तिमान शेर्पाहरूका नाममा छन् ।

कामीरिता कीर्तिमानी आरोहीमध्येका एक हुन् । समुन्द्र सतहबाट ३ हजार ८ मिटर उचाइमा रहेको सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिता २ वर्षअघि संसारका ती तीन आरोहीमा पर्थे जसले २१ पटक सगरमाथाको चुचुरो चुमेका थिए । ती अन्य दुई जनामध्ये एक कामिरिताकै गाउँका आप्पा शेर्पा हुन् भने अर्का खुम्जुङका फुर्वा टासी शेर्पा ।

विदेशी आरोहण दलका सदस्यहरुलाई सगरमाथामा क्लामिङ शेर्पाको रूपमा काम गर्दै आएका उनले एकपटक तिब्बत तर्फबाट आरोहण गरेका छन् । हिमाल चढ्न आफैंमा कठिन काम भए पनि प्रविधिमा आएको परिवर्तनले पहिलेभन्दा सहज भएको कामीरिताको अनुभव छ ।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More