कामीरिताले पुन: तोडे आफ्नै रेकर्ड : २४ औ पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति बने

21 May, 2019 12:20 | कर्पोरेट/पर्यटन | comments | 13200 Views

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गरेको आरोही कामीरिता शेर्पाले पुन:आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले मंगलबार २४ औं पटक संसारको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका हुन् ।

adsads

उनले गत बुधबार मात्रै २३ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै नाममा नयाँ रेकर्ड बनाएका थिए । ४९ वर्षीया शेर्पालेमंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्। यसअघि शेर्पाले २३ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका शेर्पाको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ ।हिमाल आरोहण नेपालका शेर्पाहरुको पुख्र्यौली पेशा नै बनिसकेको छ । जसरी अन्य समुदायमा परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छ त्यसैगरी हिमाल चढ्ने कला, सिप र जाँगर शेर्पाको एक पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ ।त्यसैले त विश्वकै अग्लो शिखर सगरमाथामा थुप्रै कीर्तिमान शेर्पाहरूका नाममा छन् ।

कामीरिता कीर्तिमानी आरोहीमध्येका एक हुन् । समुन्द्र सतहबाट ३ हजार ८ मिटर उचाइमा रहेको सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिता २ वर्षअघि संसारका ती तीन आरोहीमा पर्थे जसले २१ पटक सगरमाथाको चुचुरो चुमेका थिए । ती अन्य दुई जनामध्ये एक कामिरिताकै गाउँका आप्पा शेर्पा हुन् भने अर्का खुम्जुङका फुर्वा टासी शेर्पा ।

विदेशी आरोहण दलका सदस्यहरुलाई सगरमाथामा क्लामिङ शेर्पाको रूपमा काम गर्दै आएका उनले एकपटक तिब्बत तर्फबाट आरोहण गरेका छन् । हिमाल चढ्न आफैंमा कठिन काम भए पनि प्रविधिमा आएको परिवर्तनले पहिलेभन्दा सहज भएको कामीरिताको अनुभव छ ।

कामीरिताले आफ्नै रेकर्ड तोड्दै बने २३ औ पटक सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!