काम नगर्नेको ठेक्का रद्द गरेर किन कारबाही गर्न सक्दैन सरकार

19 November, 2019 15:19 |राजनीति | comments | 5100 Views

    भौतिक पूर्वाधार विकासका लागि सरकारले जतिसुकै पहल गरेको, विकासको गति बढेको भन्ने गरे पनि अधिकांश आयोजना समयमै सम्पन्न भएको रेकर्ड नै छैन । पछिल्लो तथ्यांक अनुसार देशमा एक खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी लागतका १ हजार ८ सय ४८ आयोजना वर्षौंदेखि अलपत्र छन् भने कतिपय आयोजना रुग्ण अवस्थामा पुगिसकेका छन् ।

    adsads

    यसको कारण ठेकदार नै हुन् । राजनीतिक आडमा ठेकेदारहरु आयोजना ओगटेर बस्ने र समयमा काम नगरी लागत बढाउँदै जाने गरेका छन् । यसको सबभन्दा ठूलो उदाहरण भने मेलम्ची खानेपानी आयोजना हो । राष्ट्रिय गौरबको आयोजना भने पनि यो देशकै लज्जाको आयोजना भएको छ । इमानदारपूर्वक काम भएको भए मेलम्चीको पानी काठमाडौंबासीले उपभोग गरेको केही वर्ष भइसक्थ्यो। तर, ठेकदारकै लफडाले अब यो झन् अन्योलग्रस्त बनेको छ ।

    निर्माणकै क्रममा रजत जयन्ती मनाएको मेलम्चीको पानीले दीर्घकालीन माग धान्न नसक्ने भन्दै यांग्री र लार्केको पानी ल्याउनेदेखि वाटर एटिएमसम्मको योजना सुन्न काठमाडौंबासी बाध्य छन्। कालिका कन्स्ट्रक्सनले विराटनगर महानगरपालिकामा एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको ठेक्का लिएर अलपत्र पारेको छ। २०१३ डिसेम्बरमा सुरु भएको परियोजनाको समयसीमा २०१६ मेसम्म तोकिएको थियो ।

    ठेकेदारका लापरवाहीका केही आयोजनामा पर्दछ । नारायणी नदीमा डिजाइन एन्ड बिल्ड मोडलका आधारमा पुल निर्माण । यो पुल निर्माण गर्न २०६९ असार २५ गते रमण कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । सम्झौता भएको सात वर्ष पुग्दा पनि निर्माणले पूर्णता भएको छैन ।

    पुरानो बसपार्कमा अत्याधुनिक सपिङ कम्प्लेक्ससहितको बसपार्क निर्माणका लागि ठेकदारसँग सम्झौता भएको ५ वर्ष बित्न लाग्यो । २०७८ साउनमा बनाइसक्ने सम्झौता भएको उक्त संरचनामा अहिले जमिनमुनिको काम पनि पूरा भएको छैन ।

    महानगरपालिकाले २०७१ फागुन २२ गते जलेश्वर, स्वच्छन्द र बिकोई बिल्डर्स प्रालिसँग सार्वजनिक–निजी साझेदारी मोडलमा २९ तले बहुउद्देश्यीय टावरसहित बसपार्क निर्माण सम्झौता गरेको थियो। अस्थायी बसपार्कका रूपमा प्रयोग गरिएको खुलामञ्चमा पसलका लागि टहरा निर्माण गरेर ठेकदार मनोज भेटुवालले भाडामा लगाएका छन् ।

    वर्षौंदेखि अलपत्र कमलविनायक–नगरकोट सडक खण्ड ठेकदारले भत्काएर निर्माण नगरेको भन्दै स्थानीयले उक्त रुटमा चल्ने सार्वजनिक यातायातका साधनमा काम नगर्ने ठेकदारको तस्बिर टाँसेर विरोध जनाए । उक्त सडकका ठेकदार शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । उच्च राजनीतिक संरक्षण पाएकाले काम नगर्दा पनि कारबाही नभएको सन्देश सर्वसाधारणले उक्त विरोध प्रदर्शनमार्फत दिन खोजेका हुन् ।

    भक्तपुर घटनापछि दोलखाको मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतिमा बेवास्ता गर्ने ठेकदारको फोटो पनि सार्वजनिक सवारीसाधनमा टाँसिएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै स्थानीयले विरोध गरेका हुन्। २०७२ भदौमा दीपक सापकोटाको शंकरमाली निर्माण सेवाले यो सडक निर्माण जिम्मा पाएको थियो ।

    काठमाडौं उपत्यकामा विगत लामो समयदेखि सडक विस्तार कार्य अघि बढ्न सकेको छ । सडक समयमै विस्तार नहुँदा उपत्यकाबासी कष्टकर जीवन बिताउन बाध्य छन्। काठमाडौंका त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक तथा चाबहिल–साँखु सडक निर्माण अवधि समाप्त भइसकेको दुई वर्ष बितिसक्दा पनि बन्न सकेको छैन। त्रिपुरेश्वर–कलंकी–नागढुंगा र चाबहिल–साँखु सडक २०७४ सालमा सम्पन्न गर्ने गरी २०७२ सालमा ठेक्का लगाइएको थियो।

    यस्तै जोरपाटी–सुन्दरीजल सडक, नख्खु खोला–भैंसेपाटी–बुङमती सडक, ढोलाहिटी–लेले–सरस्वतीकुण्ड, पेप्सीकोला–सल्लाघारी सडक, कर्मनासा–हरिसिद्धि–गोदावरी सडक, इमाडोल–गोदावरी खोला–लामाटार, लगनखेल–सातदोबाटो सडक निर्माण अवधि समाप्त भइसके पनि ठेकदारको लापरबाहीका कारण निर्माण हुने सकेका छैन ।

    उता नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह निर्माण कार्य ढिलाइ हुनुमा निर्माण व्यवसायीको मात्र गल्ती नरहेको बताउँछन् । सरकारी निकाय, परामर्शदाता र ठेकदारले समयमै काम सम्पन्न गर्नुपर्ने दायित्व हुन्छ । ठेकदारकै कारणले ढिला भएको भए ठेक्का तोड्न सक्नुपर्छ । ठेक्का पनि नतोड्ने म्याद पनि नथप्ने समस्या छ ।

    काम नगर्ने ठेकेदार १८४८ : कालो सूचीमा ५८ मात्रै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More