काम रिक्सा चालक बोकेर हिंड्छन् पेस्तोल

13 November, 2019 23:34 |जन सरोकार | comments | 5400 Views

    नेपालगञ्जमा एक अटो रिक्सा चालकलाई नालकटुवा पेस्तोल सहित पक्राउ गरिएको छ । पेस्तोल राखेर घुमिरहेका चालकलाई प्रहरीले बुधबार नेपालगञ्जबाट पक्राउ गरेको हो ।

    adsads

    डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो । बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

    यसअघि यही कात्तिक १४ गते जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेष्टुराँबाट तरुणदलका जिल्ला सभापति सन्दीपजङ्ग शाहलाई पनि उहाँको कारमा राखिएको अमेरिकन पेस्तोलसहित कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणामा लिएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More