कार्तिक महिनामै हिउँ पर्न थाल्यो उपल्लो मुस्ताङमा

8 November, 2019 17:26 |जल/वातावरण/स्वास्थ्य | comments | 4500 Views

    कार्तिकको तेस्रो साता नलाग्दै उपल्लो मुस्ताङमा हिउँ पर्न थालेको छ । शुक्रबार बिहानदेखि दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो ।

    adsads

    चराङमा बिहानसम्म पानी परिरहेको उहाँले बताउनुभयो । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई/तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

    चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

    घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More