प्रधानमन्त्री ओली प्रधानमन्त्री ओली

  • प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री ओली

कालापानीका विषयमा राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री ओलीलाई

10 November, 2019 14:21 | राजनीति | comments | 20100 Views

प्रधानमन्त्री ओली

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । यस विषयमा शनिबार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक समेत बोलाउनुभएको थियो ।

समिति सचिवालयले भारतले जारी गरेको नयाँ नक्साबारे सांसदहरुले प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको जनाएको छ । भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।

  

सरकारले भन्यो- कालापानी क्षेत्र नेपालको भूभाग हो भारतीय नक्सा अस्वीकार्य

समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताउनुभएको छ ।

यसै गरी प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ । यसअघि पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताइसकेको छ ।

लिपुलेक र कालापानीका विषयमा सरकार स्पष्ट छ- अलमलिनु पर्दैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री ओली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More