कालापानीबाट भारतीय सेना किन हटेन- सरकारसँग लिखित जवाफ माग

15 November, 2019 18:52 | राजनीति | comments | 20850 Views

भारतले आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरा क्षेत्र समेटेपछि कालापानीमा रहेको भारतीय सेना हटाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारसंग लिखित जवाफ मागेको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो । भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध हुँदै आएको छ ।

सरकारले पनि भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा अस्वीकार्य भएको बताएको छ । भारतले भने नेपाली भूमि आफ्नो नक्सामा समावेश नगरेको दावी गरेको छ ।

  

अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र राष्ट्रसंघसम्म पुर्‍याई नेपाली भूमि रक्षाका लागि सरकारको नाममा आवश्यक आदेश जारी गर्न माग गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More