कालापानीबाट सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गर्दै अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने दृढता व्यक्त गर्नुभएको छ ।
आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन् हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं ।
कतिपयले नक्सा सच्याउनुपर्यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’उहाँले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको बताउँदै भन्नुभयो छिमेकीसँग अलिकति पनि तनाव नहोस् भन्ने हामी चाहन्छौं । अहिलेको सरकार संवाद गर्न नसक्ने छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।
प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणका बिरुद्धमा प्रधानमन्त्रीले केही नबोलेको आरोप प्रतिपक्षी दलले लगाइरहेका बेला सो धारणा राख्नुभएको हो । कार्यक्रममा उहाँले भन्नुभयो ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’
प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको र केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको दावी गर्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
- भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’
- “अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”
- केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान
- सडकको कथा- आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
- कृषिमा आधुनिक प्रविधि र अभियान
- सरकारले पार्टी चलाउनै पाउँदैन- चलाउन खोजेर पनि चल्दैन : नेता गौतम
- साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो
- त्रिविको सह्रानीय कदम : विद्यार्थीको उपचारका लागि एक लाख दिने
- काष्ठकलामा निपूर्ण लोपोन्मुख जाति राउटे
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


