कालापानी क्षेत्र भारतको नक्सामा पारेको बिरोधमा हेटौंडामा मोटरसाइकल र्‍याली

9 November, 2019 23:09 | जन सरोकार | comments | 38250 Views

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको विरोधमा देशका अधिकांश भागमा बिरोध प्रर्शन भैरहेको छ । यसै क्रममा शनिबार हेटौँडाका युवाहरुले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

हेटौँडा–८ कमानेको मनकामना युवा क्लबको आयोजनामा गरिएको विरोध र्‍यालीमा ‘गो ब्याक इण्डिया’ ‘सीमा मिच्न पाइँदैन’ ‘कालापानी–सुस्ता–लिम्पुधारा हाम्रै हो’ भन्ने नारा लगाउँदै भारतलाई खराब छिमेकीको बानी नदेखाउन चेतावनी दिएका थिए ।

  

उनीहरुले नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको हुँकार गर्दै नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।

दुई सयभन्दा बढी मोटरसाइकलसहित हेटौँडा–८ कमानेबाट शुरु भएको र्‍याली सानोपोखरा, मानसचोक हुँदै बजारको विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा आएर टुङ्गिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More