कावासाकी चक्कु आक्रमण- एक हप्तापछिसम्म पनि शोकसभा जारी

4 June, 2019 20:01 | जापान | comments | 79500 Views

गत साता टोकियोको कावासाकीमा भएको चक्कु प्रहारबाट मृत्यु भएकी विद्यालयकी छात्रा र विदेश मन्त्रालय एक अधिकारीको सम्झनामा शोकसभा जारी रहेको छ ।

हुने छात्रा कैरीटस प्राथमिक विद्यालयमा अध्ययनरत छिन् र घटनापछि बन्द रहेको सो विद्यालय बुधबार जुन ५ बाट संचालन हुँदैछ ।

adsads

गत ने २८ मा कावासाकीको एक बस स्टेशनमा दुबै हातमा चक्कु बोकेका एक व्यक्तिले अन्धाधुन्द चक्कु आक्रमण गरी उनीहरुको मृत्यु भएको थियो भने डेढ दर्जनबढी घाइते भएका थिए ।

उक्त आक्रमणमा परी ११ वर्षीय बालिका हानाको कुरीबयाशी र विदेश मन्त्रालय ३२ वर्षीय सातोशी ओयामाको मृत्यु भएको थियो ।

कावासाकीको एक निजी विद्यालयका विद्यार्थीले बस कुरेर बसिरहेका बेला चक्कुधारीले हमला गरेका थिए । घटना भएको एक हप्ता बिते पनि यो घटना अझै भुल्न नसकेको प्रर्थानामा उपस्थितले बताउने गरेका छन ।

जथाभावी चक्कु प्रहारबाट दुईजनाको मृत्यु- केही घाइते आक्रमणकारीद्वारा आत्महत्या (अपडेट)

एक स्थानीयले यस घटनापछि यस क्षेत्रमा अब विद्यार्थीहरुले पहिलाको जस्तो बस कुर्नु पर्ने समस्या नरहेको जानकारी दिइन । यस्तै प्राथमिक विद्यालय स्नातक गरेका विश्वविद्यालयका २३ वर्षीया छात्रा तकाशी तोडाले अब विद्यार्थी र शिक्षकहरुले सो घटना बिर्सेर सामान्य रुपमा आउनेछन् ।

त्यस्तै कोबे विश्वविद्यालयका प्राध्यापक सदायोशी ओत्सुले ओयामाको निधनले ठुलो मूल्य चुकाउनु परेको बताउँदै ओयामा एक दयालु र मानसिक रुपमा मजबूत थिए र उनको मृत्युप्रति आफूलाई नरमाइलो लागेको बताए ।

घटनापछि प्रहरीले घटनास्थलबाट आक्रमणकारीलाई दुई चक्कु सहित पक्राउ गरेको थियो । आक्रमणकारी त्यही विद्यालयमा अध्ययनरत एक विद्यार्थीको पिता रहेको प्रहरीले जानकारी दिएको छ ।

ऋयुइचि इवासकी नाम गरेका ५१ वर्षीय आक्रमणकारीले आफू पक्राउ पर्नुअघि आफ्नो गर्धनमा चक्कु प्रहर गरी आत्महत्या गरेका थिए । यस घटना विहान ७ः४५ मा नोबोरिटो स्टेशन नजिक भएको थियो ।

त्यस्तै प्रहरीले इवासकीले घटना हुनु एक महिना अघि केहि चक्कु किनेको प्रहरीले आशंका गरेको छ भने उनी घटना हुनु चार दिन अगाडी घटनास्थल क्षेत्रमा गुमिरहेको तर उनको उद्देश्य अज्ञात रहेको प्रहरीले बताएको छ ।

बालबालिकामाथि चक्कु प्रहार गर्नेको मनसाय बुझ्दै प्रहरी, घरमा खानतलासी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!