कावा प्रधानमन्त्रीको बाचा– जनताको भावनाविपरीत गुठी विधेयक पारित नहुने

16 June, 2019 11:12 | राजनीति | comments | 8400 Views

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेले जनताको भावनाविपरित हुने गरी गुठी विधेयक पारित नहुने बताउनुभएको छ । गुठीका बारेमा बाहिर जस्तो प्रचार नभएको दावी गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो ।

adsads

शनिबार काठमाडौँ महानगरपालिका वडा नंं ४ ले आयोजना गरेको ‘प्रथम कामनपा–४ वडास्तरीय खुला दौड प्रतियोगिता’को समापन समारोहमा उहाँले सो कुरा बताउनु भएका हो ।

“गुठी विधेयक जनताको हितविपरीत हुने कुरा दिने छैनाँै । कसैले कानून ल्याए पनि त्यो पास गर्न दिने छैनौँ”, उहाँले भन्नुभयो, “जनताको एकता, धार्मिक, सांस्कृतिक भावनासँग जोडिएका गुठीजस्ता संस्कृतिको विषय कहिल्यै नै नोक्सान गर्नु हुँदैन । त्यसलाई सम्मान गर्नुपर्दछ । जनतालाई एकता गरेको सयौँ वर्षका त्यो गुठी नष्ट हुँदैन ।”

उहाँले अहिले गुठीको कानून नबनेकाले गुठी ऐन हिजोभन्दा कस्तो नयाँ ढङ्गले कसरी बनाउने भन्नेमा छलफल मात्र भएको बताउनुभयो । पोखरेलले अहिले कामको मेसो नमिलेकाले सङ्घ, प्रदेश र स्थानीय तहमा काम गराइमा अलमल भएको बताउनुभयो ।

गुठी विधेयकको बिरोध हुनुको कारण यस्तो रहेछ- छन् डरलाग्दा प्रावधान

“अहिले तीन तहका सरकारले तीन किसिमको काम गरिरहेका छन् । जसले गर्दा कतिपय ठाउँमा अलमलसमेत भएको छ”, उहाँले भन्नुभयो, “अब हामीले हाम्रा कामलाई कसले के गर्ने भन्ने छुटाउन जरुरी रहेको छ ।” उहाँले जननिर्वाचित जहिले पनि जनताको भावनालाई बुझेर काम गर्नुपर्ने भन्दै जनताको भावनाविपरीत काम गरियो भने जतिसुकै ठूलो पार्टी वा नेताले गरे पनि जनताले आलोचना गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य नारायण सिलवालले भौतिक संरचनासँगै आम नागरिकको शान्ति, सुरक्षा, जागरुकता र गुणस्तरीय जीवन सुनिश्चित भएपछि मात्रै मुलुक समृद्ध हुने बताउनुभयो ।

वडा अध्यक्ष मोहन विष्टले वडामा रहेको सार्वजनिक जग्गालाई सार्वजनिकीकरण गर्ने बताउनुभयो । प्रतियोगितामा नवीन कार्की प्रथम, आलोक थापा द्वितीय र नवराज बुढामगर तृतीय हुनुभएको थियो ।

राजाहरुको वायु गुठी मासेर व्यापारिक कम्प्लेक्स बन्दै, आश्रितहरु आक्रोशित (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!