कास्कीका ६ सय सहकारीको करिब १० अर्ब लगानी

31 March, 2015 11:20 | अर्थ , पश्चिमाञ्चल | comments | 139500 Views

sahakari-bibhag-2-390x250कास्की जिल्लामा अहिलेसम्म डेढ लाख भन्दा बढी जनसंख्या सहकारी संस्थामा आबद्ध छन् । गत असारसम्मको तथ्याकं हेर्ने हो भने १ लाख ६३ हजार ९ सय ८५ जना सहकारीमा आबद्ध भएका छन् । यि मध्ये महिला ८१ हजार १ सय २२ जना छन् भने पुरुषको संख्या ८२ हजार ८ सय ६३ छ । यस्तै असार भन्दा यता ८ महिनाको अवधीमा १० हजार भन्दा बढी मानिस सहकारीमा आबद्ध भैसकेको अनुमान गरिएको छ । यसमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारीमा आकर्षित भएका पोखरा रोयल सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक भीम गुरुङले बताए ।

गत असारसम्म कास्कीमा ५ सय ६९ वटा सहकारी संस्था दर्ता भएर कारोबार सुरु गरेका छन् । यि मध्ये ७० प्रतिशत शहरी क्षेत्रमा छन् भने ३० प्रतिशत जति मात्रै गाउँमा छन् । सरकारले १ बर्षअघि देखि शहरी क्षेत्रमा सहकारी संस्था दर्ता प्रक्रिया रोकेको छ । कास्कीको पनि शहरी क्षेत्रमा १ बर्षदेखि नै दर्ता प्रक्रिया रोकिएको सहकारी डिभिजन कार्यालय पोखराले जनाएको छ । शहरी क्षेत्रमा रोकिएपनि ग्रामिण क्षेत्रमा भने अझै दर्ता रोकिएको छैन भने शहरी क्षेत्रमा पनि कृषि सहकारीको नाममा संस्थाहरु दर्ता भैरहेका छन् ।

जिल्लाभर रहेका सहकारीहरुमा २ अर्ब ७५ करोड भन्दा बढी शेयर छ भने ९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । यि सहकारीहरुले ९ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । सहकारीहरुले १२ अर्ब ४३ करोड रुपैयाँको कारोवार गर्ने गरेका पोखरा रोयलका प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए । सहकारी संस्थाहरुले सबैभन्दा धेरै ब्यापारको क्षेत्रमा लगानी गरेका छन् । गुरुङ भन्छन्—त्यसपछि घरजग्गा र कृषि क्षेत्रमा लगानी बढी छ । यस्तै पछिल्लो समयमा केही सहकारीहरुले जलबिद्युतका क्षेत्रमा पनि लगानी गर्न थालेका छन् ।

  

रोयलसँगै सञ्चय बहुउद्देश्यीय सहकारी, सिद्धिविनायक सहकारी लगाएतका सहकारीले जलविद्युतको क्षेत्रमा लगानी गरेका छन् । रोयल सहकारीले दोलखाको घट्टेखोला लघुजलविद्युत परियोजनामा २५ लाख रुपैयाँ लगानी गरेको छ भने सञ्चय सहकारीले हुग्दी परियोजनामा १० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । विस्तारै लगानीको क्षेत्रपनि विस्तार भएका छन्, गुरुङले भने—अहिले बिद्युतिय क्षेत्रमा लगानी सुरु भएको छ भने विस्तारै वित्तिय क्षेत्रमा पनि लगानी गर्ने सोचको विकास भएको छ । जिल्लामा सञ्चालित सहकारीहरुमा १ हजार ५०४ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

यसैबीच, यो बर्ष कास्कीको पोखरा रोयल सहकारी जिल्लाकै उत्कृष्ट सहकारी भएको छ । शेयर पुँजी, लगानी, निक्षेप, कारोवार र सञ्चालन मुनाफाको आधारमा यो सहकारी जिल्लाकै उत्कृष्ट भएको हो । यसैगरी जिल्लाको कोन सहकारी, प्राईम, सञ्चय, जय मनकामना, कुँडहर र बिशाल सहकारी उत्कृष्टमा परेका छन् ।

कुन कुन हुन् यो बर्षका उत्कृष्ट सहकारीहरु

क्र.सं.   सहकारीको नाम                    शेयर पुँजी                लगानी                         निक्षेप                        कारोवार                                 मुनाफा
१       पोखरा रोयल                            ७करोड ३५लाख        ७९करोड ८लाख            ७५करोड ६७लाख          ९३करोड ९२लाख                  २करोड ५लाख
२       कोन सहकारी                           ६करोड ५४लाख        ६३करोड ५८हजार         ६२करोड ३५लाख          ७३करोड ५३लाख                 २करोड १०लाख
३       प्राईम सहकारी                         ४ करोड                    ३७ करोड                      ३८ करोड                      ४२ करोड                            १करोड ३५लाख
४       सञ्चय                                    ६करोड २५लाख        २८करोड ७०लाख          २६करोड ४५लाख           ३८ करोड                            ८८ लाख
५       जय मनकामना                       ३करोड ४४लाख        २७करोड ५९लाख          २९करोड ५७लाख           ३५करोड ६६लाख                ९लाख ३९हजार
६       कुँडहर                                     ४करोड १२लाख         १७करोड ९लाख            १९करोड ८लाख             ३ अर्व ६६ करोड                  ६७ लाख
७       बिशाल                                   ३करोड ५लाख            २७ करोड                      ३० करोड                      ३६ करोड                            ८० लाख

-आविस्कार दैनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More