कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

  • कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

11 February, 2019 10:30 | प्रबास | comments | 8250 Views

कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ ।

adsads

पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरकाबीच भगिनी सम्बन्ध पत्रमा आइतबार यहाँ हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका प्रमुख काउन्सिलर म्यान्नी ट्रेलर र उपप्रमुख टाउन क्लार्क फियोना विलियम्सले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले माछापुच्छ्रेका अध्यक्ष, वडाध्यक्ष तथा ब्रेकन सिटीका प्रमुख, उपप्रमुखलाई शपथ गराउँदै धम्पुस, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

ब्रेकनका प्रमुख ट्रेलरले पहिलो पटक नेपालमा आएर पर्यटकीय गाउँसँग सम्बन्ध गाँस्न पाउँदा खुशी लागेको बताउँदै नेपाल र बेलायतबीचको विगतदेखिको ऐतिहासिक सम्बन्ध थप प्रगाढ हुने भनाइ राख्नुभयो । गाउँपालिका अध्यक्ष गुरुङले यस सम्बन्धबाट पारस्परिक हित र गाउँपालिकाको सामाजिक विकासमा मद्दत पुग्ने बताउनुभयो । मितेरी सम्बन्ध स्थापनाका लागि संयोजन गर्नुभएका गोर्खा मेजर खुशीमान गुरुङले करीब डेढ वर्षको मिहिनेत र प्रयासपछि दुई शहरबीच मितेरी सम्बन्ध गाँसिएको बताउनुभयो ।

जर्सी सिटी र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!