कास्कीबासी भन्छन् अबको जिम्मा विद्यालाई

14 November, 2019 14:58 | राजनीति | comments | 34200 Views

कास्की क्षेत्र नं. २ का आम मतदाताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईलाई अबको जिम्मा दिने प्रतिबद्धता जनाएका छन् । बिहिबार चुनाव प्रचारका क्रममा घरदैलोमा पुग्दा उनीहरुले विद्यालाई रवीन्द्रले सुरु गरेका अधुरा काम पूरा गर्ने जिम्मा विद्याको भएको भन्दै विजयको शुभकामना दिएका हुन् ।

पोखरा महानगरपालिका ७ घारीपाटनमा घरदैलो कार्यक्रमपछि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले आफू विजयी बनेर गएपछि सुकुम्बासी तथा भूमिहीनहरुको समस्या समाधान गर्ने बताउँदै अबको एक वर्षमा सेतो लालपूर्जा रातो हुने घोषणा गर्नुभएको छ ।

  

त्यस क्रममा उहाँले देश धेरै आरोह अवरोह पार गरेर यहाँसम्म आएको र अब प्राप्त उपलब्धिलाई संस्थागत गर्दै कोही पनि असमानतामा पीडित भएर बाँच्न नपर्ने बताउनुभयो ।

उहाँले सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न क्रियाशील हुने बताउँदै यस कार्यका लागि जनताको अपार मायाले आफूलाई उच्च रुपमा प्रेरित गरेको बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज समेत रहनुभएका खगराज अधिकारीले नेकपा समृद्धिको सम्वाहक रहेको भन्दै यसको लक्ष्यण अहिलेको सकरारले देखाइसकेको बताउनुभयो । नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका खेलेको कास्की जिल्लालाई फेरि पनि ऐतिहासिक नै बनार छाड्ने अधिकारीको दावी थियो ।

नेकपाकै अर्का केन्द्रीय सदस्य सीतादेवी ओलीले मजदुर र महिलाहरुको सशक्तिकरणका लागि आफुनो पार्टीले उदाहरणीय काम अघि बढाएको भन्दै जनताको विकल्प विद्या बाहेक अरु नभएको जिकिर गर्नुभयो ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More