कास्कीमा तीन बर्षमा ६८ बलात्कृत

2 April, 2015 11:52 | क्षेत्रीय समाचार , पश्चिमाञ्चल | comments | 116400 Views

imagesगएको फागुन दोश्रो साता पोखरा १६ बाटुलेचौरकी १४ बर्षिया बालिका शिक्षकबाट बलात्कृत भईन् । हिसाब सिकाइदिने बहानामा आफ्नै शिक्षकले लामो समयदेखि पटकपटक आफुलाई बलात्कार गरेको भन्दै ति बालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिईन् ।

महिला अधिकारकर्मीको सहयोगमा स्थानीय विद्यालयको कक्षा आठमा पढ्ने ति छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले बलात्कार गरेको आरोपसहित उजुरी दिएपछि वाटुलेचौरकै ५५ बर्षिय लक्ष्मण खवासलाई प्रहरीले पक्राउ गरेर कारबाही गरयो । त्यसको एकसाता बित्न नपाउँदै कास्कीकै भरतपोखरीमा फेरी अर्की ४ वर्षीया बालिका बलात्कृत भईन् । बालिका बलात्कारको आरोपमा लेखनाथ नगरपालिका भरतपोखरीका ५४ वर्षीय जित बहादुर पाठकलाई पक्राउ गरेर कारबाही गरियो । यो घटना सेलाउन नपाउँदै गत चैत पहिलो साता पुनः अर्को बलात्कारको घटना घट्यो।

कास्कीको लुम्ले गाविसका ६२ बर्षीय डिलबहादुर घर्तीले सोही ठाउँकी १६ बर्षीया एक किशोरीलाई बलात्कार गरे । किशोरी बलात्कारको अभियोगमा उनी पनि पक्राउ परे र अहिले कारबाही भोगिरहेका छन् । यि घटनामध्ये केही ललाईफकाई भएको छ भने केही चाहीँ धम्कीका भरमा पनि भएको छ । प्रहरीलाई दिईएको बयान र परेको उजुरीलाई हेर्ने हो भने यस्तो अधिकांश घटनाहरु सकेसम्म घरमै मिलाउने प्रयास गरिन्छ । र नसकेपछि समुदाय हुँदै अन्त्यमा प्रहरीसम्म आईपुगेको छ । घटना घटेपछि केही घटनाहरुमा पैसाको बार्गेनि∙ पनि हुने गरेको उदाहरण छ ।

  

यि त भए प्रतिनिधी घटना यो बाहेक पनि जिल्लामा धेरै महिला हिंसा सम्बन्धी घटना घटेका छन् । कास्कीमा पछिल्लो समय महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको छ । आर्थिक बर्ष २०६९÷७० मा जिल्ला प्रहरी कार्यालय कास्कीमा ४२५ वटा महिला हिसां सम्बन्धी घटनाको ठाडो उजुरी परेकोमा गत बर्ष त्यो संख्या बढेर ६२४ पुगेको थियो । यस्तै चालु बर्षको पहिलो ८ महिनामा पनि ३९३ वटा उजुरी कार्यालयमा परिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अब ४ महिनासम्म यो संख्या अझै बढ्न सक्ने कास्की प्रहरीका प्रबक्ता केदार रजौरेले जानकारी दिए । पछिल्लो ३ बर्षमा कास्कीमा १४४२ वटा उजुरी परेकोमा ७९६ वटा उजुरी मिलापत्र भएको छ । बाँकी रहेका १९७ वटा उजुरी मिलापत्र हुन नसकेका कारण जिल्ला अदालतमा पठाईएको रजौरेले बताए।

यसैबीच, पछिल्लो ३ बर्षमा कास्कीमा ६७ जना बलात्कृत भएका छन् । यि मध्ये ९ जना १८ बर्षमुनिका बालिका छन् । आर्थिक बर्ष २०६९-७०मा १४ वटा घटना भएकोमा गत बर्ष त्यो संख्या बढेर ३० पुगेको थियो । यस्तो चालु बर्षको पनि अहिलेसम्म २३ जना बलात्कृत भैसकेका छन् । यि मध्ये ९ जना १८ बर्ष मुनिका रहेका छन् । यो अवधीमा बलात्कार उद्योगतर्फ २३ वटा घटना घटेका प्रहरीले जनाएको छ ।

पछिल्लो ३ बर्षमा ४५७ जना हराएका र यिमध्ये ३७८ जना फेला परेका छन् । यिमध्ये सबैभन्दा धेरै ३१७ जना हराएका छन् भने २७१ जना भेटिएका छन् । यस्तै १०४ जना बालिका हराएकामा ८३ जना फेला परेका र ३६ जना हराएका बालकमध्ये २४ जना फेला परिसकेका प्रहरीले जनाएको छ । प्रहरीले यही ३ बर्षको अवधिमा ८४ जनाको उद्धार गरेको छ । महिला तथा वालिका हिंसा सम्बन्धी परेका उजुरीमा कारबाही गर्न निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय कास्की अन्तरगत रहेको महिला तथा बालबालिका केन्द्रकी ईन्स्पेक्टर चन्द्रा गुरु∙ले बताईन् । निवेदन दिएपछि केही पीडितपक्ष सम्पर्कमा नआएका कारण कारबाहीको प्रक्रिया अघि बढाउन समस्या हुने गरेको उनले बताईन् । जनसंख्या बृद्धिका कारण क्राईमका घटनाहरु पनि बढ्दै गएको छ, उनले भनिन्-यसलाई रोक्नका लागि प्रहरीले बिशेष अभियान पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । बलात्कारका घटना हुन नदिनका लागि जिल्ला प्रहरी कार्यालयले अल्पकालिन योजना बनाएर केन्द्रमा पठाएको र केन्द्रले निर्णय गरेर पठाएपछि अभियान चलाउने गुरु∙ले जानकारी दिईन्।
महिलामाथि हुने हत्या, हिंसा, बलात्कार र बोक्सी आरोपमा कुटपिटका घटना दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाहरुले गुनासो गरेका छन् । महिला हिंसासम्बन्धी बनेका ऐनकानुन फितलो भएका कारण त्यसलाई संशोधन गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई छ । महिला हिंसासम्बन्धी घटनालाई सम्बन्धित निकायसम्म आउन नदिन सकेसम्म गाउँमै मिलापत्र गर्ने, उजुरी लिन आलटाल गर्ने, उजुरी दिएपनि मुद्दालाई कानुनी प्रक्रियाबाट रोक्न मिलापत्रमै सीमित गर्ने गरेको पाइन्छ । प्रहरीमा परेका धेरै उजुरी श्रीमान् र परिवारका अन्य सदस्यको कुटपिट, मानसिक यातना, घर निकाला, गालीगलौज, शारीरिक यातना, बलात्कार, बालविवाह, चेलीबेटी बेचबिखनसम्बन्धी छन्।

महिला तथा बालबालिका कार्यालय, महिला अधिकार कर्मी लगाएतका विभिन्न संघ संस्थाहरुले महिला हिंसा अन्त्यका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र लैङ्गिक हिंसा निवारण कोष ९सञ्जाल० नियमावलीलगायत ऐनकानुन कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्ने बताउँछन्। लैङ्गिक हिंसाका घटनाको प्रकृति हेरेर महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले लैङ्गिक हिंसा राहत कोषबाट पीडितलाई ५० हजारसम्म राहत दिंदै आएको छ । ऐनकानुन पूर्ण नहुनु, भएका पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु, जनचेतनाको अभाव, गरिबी, अशिक्षा, परम्परागत संस्कृति, विभिन्न निकाय तथा संयन्त्रबीच आवश्यक समन्वय हुन नसक्दा महिला हिंसाका घटना बढ्दै गएको महिला अधिकारकर्मी सरलाकुमारी पाण्डे बताउँछिन्।

-आविस्कार दैनिकबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More