किन चलाखीपूर्वक ढोगे जज प्रमोदले प्रतिस्पर्धी विनय कार्कीलाई

19 October, 2019 14:24 |कला/मनोरन्जन , कलिउड | comments | 8700 Views

    हिमालयन टेलिभिजनबाट प्रसारण भैरहेको रियालिटी सो भ्वाइस अफ नेपालको ब्याटल राउण्डमा जज प्रमोद खरेलले ब्याटलबाट बाहिरिएका गायक विनय कार्कीलाई ढोग गरे । कार्यक्रम हेर्ने धेरैले प्रमोदले विनयलाई ढोगेको याद गरेनन् किनभने प्रमेदले निकै चलाखीपूर्वक ढोगेका थिए ।

    adsads

    पछिल्लो कार्यक्रममा कोच दीपको तर्फबाट ब्याटलमा कविराज हुमागाइँ र विनय कार्कीको प्रतिस्पर्धा भयो । जजहरुले कविराजलाई नकआउट राउण्डमा लिएर गए भने विनय बाहिरिए । बाहिरिने क्रममाा सबैसंग विदा लिंदै गर्दा प्रमोदले चलाखीपूर्वक विनयलाई ढेगेका हुन् ।

    खासमा विनय स्थापित गायक तथा संगीतकार हुन् । मकवानपुरका यी प्रतिभा बोल्ने बेलामा भकभकाउने भए पनि गीत गाउँदा अत्यन्त सुमधुर गाउँछन् । उनको संगीतमा प्रमोदले पनि गीत गाएका रहेछन् । कार्यक्रममा उनी जज भए पनि वास्तवमा विनय प्रमोदका संगीतकार हुन । त्यही भएर उनले चलाखीपूर्वक ढोकेका हुन् ।

    विनयको संगीतमा आफूले गति गाएको प्रमोदले ब्लाइण्ड अडिसनमै खुलाएका थिए । विनयले थुप्रै गीत गाएका छन् आफ्नै संगीतमा र उनका गीतहरु चर्चित पनि छन् । उनले चलचित्रमा समेत संगीत दिइसकेका छन् ।

    तर उनको चर्चा भने भ्वाइस अफ नेपालले नै बढी दियो । ब्लाइण्ड अडिसनमा उनले कोच प्रमोद, दीप, राजु लामा र आस्था राउत चारैजनाको कुर्सी घुमाइदिएका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!