किन पठाइयो बेलायतबाट कमिला पार्सल गरेर चीन ?

29 April, 2019 09:51 | विश्व समाचार | comments | 34500 Views

चीनमा बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला भेटिएको छ । उक्त पार्सलमा कमिला पठाएको भेटिएपछि बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ ।

adsads

चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्यूवमा बन्द गरिएको अवस्थामा भेटिएको हो ।

चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने बताइएको छ ।

बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलब चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिलाहरू रहेका र उनीहरू पनि अन्य कमिला झैँ टेस्ट ट्यूवमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूले बताएका छन् ।

रानी कमिलासँगै ठूलो सङ्ख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सार श्रोतले जनाएको छ ।

“सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेका र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच उनीहरूको लोकप्रियता रहेको छ,” एक अधिकारीले बताए । उक्त प्रजातीका कमिलाको प्रजनन् छिटो हुने भएकाले उनीहरूलाई हुर्काउन सहज मान्ने गरिएको जीवप्रेमी चिनियाँहरूले बताएका छन् ।

चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानूनी बन्देज रहेको छ । अधिकारीले भनेका छन्, “गैरकानूनीरूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलनमा जोखिम हुन्छ ।”

चिनियाँ कानून अनुसार ती कमिला र पार्सललाई प्रक्रिया पुर्याएर नस्ट गरिने छ ।

चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवहरूको आयात बढ्दो देखिएको छ । यसका कारण विदेशी जीव र कहिलेकाहीँ सङ्कटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More