किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?
  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?
  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?
  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?
  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?
  • किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

2 March, 2019 11:40 |पत्रपत्रिका | comments | 10500 Views

    किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

    संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ ।

    adsads

    सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रूपमा स्विच दबाएर शिलान्यास गरेका थिए । ०४२ सालदेखि सुरु भएको अरुण–३ जलविद्युत् आयोजना लामो समय रोकिएर केही वर्षअघिबाट सुचारु भएको हो ।

    आयोजनामा भारत सरकारको ७४.५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व रहेको छ । विद्युत् उत्पादन भएको २५ वर्षपछि नेपालको स्वामित्वमा आउनेछ भने स्थानीयले ३० मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता छ । अरुण तेस्रो आयोजनाले जिल्लाको साबिक पाँच गाविस मकालु, नुम, याफु, दिदिङ र पाथीभरालगायतका स्थानमा प्रत्यक्ष प्रभावित पार्नेछ ।

    आयोजनाको काम तीव्र ढंगले भइरहे पनि केही समयदेखि विभिन्न समूहको आक्रमणको निसानामा परेको छ । आयोजनालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता भने पत्ता लाग्न सकेको छैन । आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको हो ।

    किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सुरक्षा
    अरुण तेस्रोको मुख्य कार्यालय सदरमुकाम खाँदबारीभन्दा १२ किमि तल तुम्लिङटार विमानस्थलनजिकै छ । ड्यामसाइड मकालु गाउँपालिकाको नुमको फ्याक्सिन्दामा र विद्युत् उत्पादनस्थल चिचिला गाउँपालिका–३, पुखुवामा रहेको छ । पछिल्लो समयमा मुख्य कार्यालय तुम्लिङटार र विद्युत् उत्पादनस्थल पुखुवालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहेका छन् । सुरक्षाको हिसाबले पनि तुम्लिङटार र पुखुवामा सजिलो भएकाले धेरैपटक आक्रमण हुने थालेको स्थानीयको अनुमान छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको गण सदरमुकाम खाँदबारीमा छ । तुम्लिङटारमा आक्रमण भएपछि पछिल्लो समय चौबिसै घन्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । त्यसयता आक्रमणको घटना भएको छैन । ड्यामसाइड फ्याक्सिन्दामा पनि सशस्त्र प्रहरी रहेकाले घटना हुन पाएको छैन । तर, पुखुवामा भौगोलिक हिसाबले समेत सजिलो भएकाले धेरै आक्रमणका घटना हुने गरेको स्थानीयको भनाइ छ । विद्युत् उत्पादनस्थल पुखुवाको तलतिर अरुण नदी बगेको छ भने माथितिर गाउँबस्ती छ । तल नदी र माथि गाउँ भएका कारण बम पड्काएर अपराधी नदी किनारैकिनार भाग्न सक्ने उनीहरूको अनुमान छ ।

    आक्रमणका घटना रहस्यमै
    अरुण तेस्रो जलविद्युत् आयोजनामा अहिलेसम्म पाँचपटक आक्रमण भइसकेको छ । पहिलोपटक २३ मंसिर ०७२ मा आयोजनाको विद्युत् उत्पादनस्थल पुखुवामा रहेको भवनमा आगजनी भएको थियो । सो घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । त्यसयता विभिन्न समयमा भएको बम विस्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएका छैनन्, न त घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ नै गर्न सकेको छ ।

    मुलुककै ठूलो र चर्चित जलविद्युत् आयोजनालाई असफल बनाउने प्रयासस्वरूप बम विस्फोट र आगजनी हुँदासमेत कसैले जिम्मा नलिनु र पक्राउ गर्नसमेत नसक्नुले घटना रहस्यमय बन्दै गएको अग्रज पत्रकार तथा बुद्धिजीवी जीवनाथ खनालले बताए । जिल्लामा घटना भइरहे पनि कसैले औपचारिक रूपमा जिम्मा नलिने, अर्कोतिर प्रहरीले समेत कसैलाई पक्राउ गर्न नसक्नुले विभिन्न प्रश्न उब्जाएको र शंका उत्पन्न गरेको उनको भनाइ छ ।

    पाँचपटक आगजनी र बम विस्फोट, कसैले जिम्मेवारी लिएनन्
    पहिलोपटक २३ मंसिर ०७२ मा आयोजनाको विद्युत् उत्पादनस्थल चिचिला गाउँपालिका–३, पुखुवामा रहेको भवनमा आगजनी भएको थियो । दोस्रो र तेस्रोपटक लगातार पुखुवाकै भवनमा बम विस्फोट भएको थियो । चौथोपटक २० जेठ ०७५ मा अरुण–३ को तुम्लिङटारमा रहेको मुख्य कार्यालयलाई लक्षित गरी तीनवटा सकेट बम प्रहार गर्दा कार्यालयको कम्पाउन्ड वालमा क्षति पुगेको थियो । पाँचौँपटक गत २५ माघमा पुखुवामा रहेको कार्यालयनजिकै तीनवटा बम विस्फोट हुँदा एउटा जेनेरेटर र सुरुङ खन्ने उपकरणमा क्षति पुगेको थियो ।

    निरन्तर रूपमा अरुण तेस्रो माथि आगजनी र बम विस्फोट भइरहे पनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । आयोजनामाथि आक्रमण गर्नेमाथि प्रहरीले कसैलाई पक्राउ नगर्नुले घटना शंकाको घेरामा रहेको र रहस्यमय बन्दै गएको खाँदबारीका नागरिक अगुवा मित्रकुमार गुरुङको भनाइ छ ।

    घटना नियोजित हुन सक्ने स्थानीयको अनुमान
    आगजनी र बम विस्फोटपछि अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न सकिएको छैन । पटक–पटक घटना भए पनि जिम्मेवारी कसैले नलिनु र अनुसन्धानबाट समेत दोषी पत्ता नलाग्नुले घटना नियोजित हुन सक्ने स्थानीयको आरोप छ । सुरक्षा चुनौती देखाएर आयोजनाले आफ्ना भारतीय सुरक्षाकर्मी ल्याउन खोजेको हुन सक्ने गम्भीर आशंका उब्जिएको उनीहरू बताउँछन् । आयोजनामा सुरक्षा चुनौती बढेको भन्दै जिल्ला प्रशासन कार्यालयमा पटक–पटक सर्वदलीय बैठकसमेत हुने गरेको छ ।

    सर्वदलीय बैठकले सुरक्षा व्यवस्था कडाइ गर्न पुखुवामा रहेको सशस्त्रको क्याम्प नै खडा गर्न प्रदेश सरकार र संघीय सरकारका गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । आयोजनामा सुरक्षा चुनौती थपिएको प्रजिअ अधिकारीले स्विकारे । आयोजनालाई लक्षित गरेर टुटेदेउरालीदेखि नुम फ्याक्सिन्दा र पुखुवासम्म ठाउँ–ठाउँमा सुरक्षाकर्मी खटाएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

    आजको नयाँ पत्रिकामा खबर छ ।

    अरुण तेस्रोको कार्यालयमा तीन वटा सकेट बम विस्फोट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More