किरण सिटौला किरण सिटौला

  • किरण सिटौला
  • किरण सिटौला
  • किरण सिटौला
  • किरण सिटौला
  • किरण सिटौला
  • किरण सिटौला

किरण सिटौला दोश्रो कार्यकालको लागी पुन: उप-प्रमुखमा विजयी

8 May, 2019 16:30 | प्रबास | comments | 10500 Views

किरण सिटौलाविजय थापा,डिसी –  किरण सिटौला मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक शहरको उपनगर प्रमुख(मेयर) मा पुन: विजयी भएका छन् । उनी यसै नगरपालिकाका पूर्व उपनगर प्रमुख (भाइस मेयर )पनि हुन् ।

adsads

अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबै भन्दा पहिला उपनगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् ।टाउन अफ इण्डियन हेड नगरपालिकाको लागि चुनावी मैदानमा सिटौला सहित ६ जना उम्मेदवार रहेका थिए । जनताले पुन: सन् २०१५ मा निर्वाचित भएका तीनै उम्मेदवालाई सोही पदमा निर्वाचित गरेका छन् ।

उक्त पदको कुनै पनि राजनैतिक दलको प्रतिनिधित्व नगरि सिटौला स्वतन्त्र रुपमा चुनावमा लडेका थिए । उनले कूल मत २०८ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकामा अनुमानित ४ हजार ५ सय परिवार रहेका छन् भने मतदाता करिव ३ हजार रहेका छन् । आज कुल मत ४४२ खसेको थियो ।

सन् २०१५ मा सर्वाधिक मत ल्याई नगर प्रमुखमा निर्वाचित भएका ब्राण्डन पौलिन मेरिल्याण्डको ईतिहासमा सबै भन्दा कान्छो ब्राण्डनले पुन: उम्मेदवारी दिएका थिए भने उनी नगर प्रमुख दोश्रो पटक विजयी भएका छन् । उनले ३०९ मत ल्याई नगर प्रमुख भएका छन् ।

सिटौलाले सन् २०१५ मा दोश्रो ज्यादा मत ल्याएकोले यस पटक पनि दोश्रो ज्यादा मत २०८ मत प्राप्त गरि उपनगर प्रमुख भएका छन् । यस पटक सिटौलाले नगर प्रमुख पदको लागि नगर प्रमुख ब्राण्डन पौलिनसंग प्रतिस्पर्धा गरेका थिए ।

त्यसै गरि नगर परिषद सदस्यमा कुर्टिस स्मिथ निर्वाचित भएका छन् भने उनले २०२ मत ल्याएका छन् ।सन् २०१५ को निर्वाचनमा आफूले अपनाएका नीति झैँ २०१९ मा भएको निर्वाचनमा पनि उनले कसैसंग चुनावी आर्थिक सहयोगको लागि हात फैलाएनन । र नेपाली समुदायलाई आग्रह गरेनन । नेपाली संचार माध्यमबाट टाढा रही आफ्नो निर्वाचन प्रचारलाई सामाजिक संजालमुखी र प्रचारमुखी नबनाई घरदैलो अभियानलाई तीव्र बनाई चुनावमा होमिएका थिए ।

उपनगर प्रमुखमा यसरी निर्वाचित भए ;

सन् २०१५ कै चुनावी रणनीति झैँ यस पटक पनि आफूले गरेका बिकासका काम र गर्नु पर्ने मुख्य कार्यसूचीलाई अगाडी बढाई जानकारी सहित ४ हजार २ सय मतदाताका घर दैलो अभियानलाई व्यापक बनाउदा सफल भएको बताए l

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको संस्थापक अध्यक्ष पनि हुन् ।

मेरिल्यान्डका उप-प्रमुख सिटौला क्यालिफोर्नियामा अभिनन्दित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
किरण सिटौला

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More