कृषि उपकरण कृषि उपकरण

  • कृषि उपकरण
  • कृषि उपकरण
  • कृषि उपकरण
  • कृषि उपकरण
  • कृषि उपकरण
  • कृषि उपकरण

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

18 July, 2019 10:40 | जन सरोकार | comments | 6750 Views

कृषि उपकरण

रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गर्नुभएको हो ।

adsads

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिनुभयो । “यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ” उहाँले भन्नुभयो । जगाको चक्लाबन्दी गरी सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको उल्लेख गर्दै प्रमुख कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिनसमेत अनुरोध गर्नुभयो । कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताउनुभयो ।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका हुन् । अनुदान उपकरण पाएपछि खुशी व्यतm गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहँु र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताउनुभयो ।

कृषिमा यान्त्रिकिकरण बढ्दो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कृषि उपकरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!